नेपालका सौगात र रायनालाई स्वर्ण

काठमाडौं, कात्तिक ८ गते ।

नेपालका सौगात विक र रायना शाहले एसियाली यू–१४ र्याँकिंग सी–२ टेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा सौगात तथा गल्र्समा रायना पहिलो भएका हुन्।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सौगातले नेपालकै चिराग तिम्सिनालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । सौगातले प्रतियोगितामा दोहोरो स्वर्ण जिते । बिहीबार पुरुष डबल्समा सौगातले भारतका मनुराज सिंहसंग मिलेर स्वर्ण जितेका थिए । गल्र्स डबल्समा नेपालका अजा रेग्मी र शुभाङगीलक्ष्मीको जोडीले स्वर्ण जितेका थिए।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स उपाधि भिडन्तमा रायनाले आफ्नै राष्ट्रकी शुभाङगीलक्ष्मी शाहलाई ६–० र ६–३ को सीधा सेटमा हराइन्।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । पाँच दिने प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ४७ खेलाडी सहभागी थिए । नेपालबाट सर्वाधिक ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भारतबाट ६, स्विट्जरल्यान्डबाट २ तथा जापान र मलेसियाबाट समान १–१ खेलाडीले भाग लिएका  थिए ।

२०७६ कार्तिक ८, शुक्रबार मा प्रकाशित