म्याक्सवेलले लिए क्रिकेटबाट ‘असिमित ब्रेक’, यस्तो छ कारण

अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले अन्तराष्ट्रिय क्रिकेटबाट ‘असिमित ब्रेक’ लिएको बताएका छन् । यसबारे क्रिकेट अष्ट्रेलियाले बिहिबार जानकारी गराएको थियो ।

श्रीलंका बिरुद्द जारि टि-२० सिरिजको अन्तिम खेलमा म्याक्सवेलको स्थानमा डार्सी सर्टले खेल्ने छन् । यसअघि भएका दुई टि-२० मा उत्कृस्ट प्रदर्शन गरेका उनले एकपल्ट मात्र ब्याटिंग गर्न पाएका थिए । उक्त खेलमा उनले २८ बलमा ६२ रनको सानदार ब्याटिंग गरे ।

३१ बर्षीय म्याक्सवेलले मानसिक समस्याका कारणले क्रिकेट बाट केहि समय आराम लिने बताएका छन् । क्रिकेट अष्ट्रेलियाले टिमका सैकोलोजिस्टलाई उदृत गर्दै म्याक्सवेल केहि समय आराम गर्ने र आफ्नो समस्या थाहा पाउनु ठुलो कुरा रहेको बताएका छन् । सामान्यतय यस्ता मानसिक समस्याहरु खेलाडीहरुले बाहिर ल्याउन नचाहने अवस्थामा म्याक्सवेलको यस कदमलाई धेरैले तारिफ गरेका छन् ।

क्रिकेट अष्ट्रेलियाका जेनेरल म्यानेजरले समेत म्याक्सवेलले टिमको पूर्ण सहमतमा आराम गरेको बताएका छन् । उनले भनेका छन्, “हाम्रो उनलाई पूर्ण समर्थन छ । हामीले यस बिषयमा क्रिकेट भिक्टोरियासंग पनि समन्वय गरेर अगाडी बढ्ने छौं ।”

म्याक्सवेलबारे अष्ट्रेलियन प्रशिक्षक जस्टिन लंगरको प्रतिक्रिया

२०७६ कार्तिक १५, शुक्रबार मा प्रकाशित