अर्घाखाँची प्रिमियर लिगको ट्रफी सार्वजनिक

अर्घाखाँची- अर्घाखाँची क्रिकेट संघले अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको ट्रफी सार्वजनिक गरेको छ। यही कार्तिक १८ गतेदेखि सुरु हुने अर्घाखाँची प्रिमियर लिग तेस्रो संस्करणको शुक्रबार पत्रकार सम्मेलन गरि ट्रफि सार्वजनिक गरिएको हो। खेलतालिका भने केही दिनमा सार्वजनिक गरिने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले खेलनेपालसङ्गको कुराकानीमा बताए ।

सुपर सुपा च्यालेन्जर्स, एम्स स्टार, नमस्ते अर्घाखाँची र रोयल सन्धिखर्क गरी चार टिमको सहभागीता रहने उक्त प्रतियोगितामा मार्कि खेलाडी यस अघिनै घोषणा गरिसकिएको छ।

प्रतियोगीताको उपाधी जित्ने टिमलाई नगद रु एक लाख ५ हजार, उपविजेता टिमलाई नगद रु ५५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भट्टराईले जानकारी दिए। यसका साथै वेस्ट अलराउन्डर, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर लगायतका विधामा पनी पुरस्कारको व्यवस्था गरिएको छ।

२०७६ कार्तिक १६, शनिबार मा प्रकाशित