हारका बाबजुत बलियो एमसीसी बिरुद्द युवा टोलीको उत्कृस्ट प्रदर्शन

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण अन्तर्गतको पहिलो खेलमा नेपाल यु १९ बिरुद्द ३८ रनको जित निकालेको छ । हारका बाबजुत नेपालको युवा टिमले बलियो पाहुना टोली बिरुद्द उत्कृस्ट प्रदर्शन गर्यो । (स्कोरकार्ड )

जितको लागि ३३५ रनको बिशाल लक्ष्य पछ्याएको यु१९ टिमले ५० ओभरको खेलमा ९ विकेट गुमाएर २९६ रन बनायो । नेपालका लागि हरि बहादुर चौहानले ५० रनको महत्त्वपूर्ण पारि खेले । उनि अर्धशतक बनाउने बित्तिकै क्याच आउट भए । सम्हालिएर ब्याटिंग गर्दै उत्कृस्ट सुरुवात दिलाएका ओपनर तथा कप्तान रित गौतमले पनि ४५ रन बनाए । उनकै उत्कृस्ट पारीको मद्दतमा नेपालले सुरुवाती पावरप्लेमा मात्र १ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

अर्का ओपनर लोकेश बमले आक्रामक १८ रन बनाए । तेस्रो नम्बरमा पाएका खडक बोहरा रित गौतमसंगको उत्कृस्ट साझेदारी पछि पेभेलियन फर्किए । बोहराले २६ रन बनाए । त्यस्तै हरि बहादुर चौहानसंग पाचौं विकेटको लागि अर्धशतकिय साझेदारी गरेका अरुन ऐरी ठुलो सट प्रहार गर्न खोज्दा ३० रनमा आउट भए ।

Hari Chauhan

२३८ रनमा आठौ विकेट गएपछि शेर मल्ल र आकाश चन्दले आक्रामक ब्याटिंग गर्दै आशा दिलाएका थिए । तर आवश्यक रनरेटले उकालो लागिसकेको थियो । दुवै मिलेर योगफल २९३ रन बनाएपछि आकाश ३० रनमा आउट भए । शेर २८ रनमा अविजित रहे ।

यसअघि किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको एमसीसीको लागि ओपनर विल रोड्सले ९३ रन, इंग्ल्याण्डका लागि ५ टेस्ट खेलेका टम विल्ट्लेले ६५ रन र मिल्स ह्याम्मोण्डले ६५ रन बनाए । यस्तै अन्त्यतिर एड योङ्गले ३२ बलमा ४ चौका र ३ छक्का सहित अविजित ४५ रन बनाए । एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।

एमसीसीका कप्तान जिम्मी एडम्स डक आउट भए । नेपालका लागि शेर मल्ल र सागर ढकालले समान २/२ तथा आकाश चन्द र कुशल मल्लले समान १/१ विकेट लिए ।  (स्कोरकार्ड )

भ्रमण अन्तर्गत एमसीसीले दोश्रो खेल नेपाली राष्ट्रिय टिम बिरुद्ध सोमबार ५० ओभरको खेल खेल्नेछ। नोभेम्बर ६ देखि नेपाली टिमसंग एमसीसीले तिन दिवसीय प्रथम श्रेणी मान्यता प्राप्त खेल खेल्नेछ। नोभेम्बर ९ मा नेपाली राष्ट्रिय र यु-१९ टिम मिश्रित टिमसंग टि-२० खेल खेलिनेछ।

एमसीसी बिरुद्ध खेल्ने नेपाली टिम :- 

टि-२० टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख , अमित श्रेष्ठ, अभिनाश बोहरा , बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी , कुशल भुर्तेल, ललित राजबंशी, नन्दन यादब, पवन सर्राफ, सन्दिप जोरा, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि

५० ओभर टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, बिक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, इशान पाण्डे, करन केसी, ललित राजबंशी, पारस खड्का, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर, सोमपाल कामि

३ दिवसीय ( प्रथम श्रेणी ) टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, जितेन्द्र मुखिया, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर र सोमपाल कामि

२०७६ कार्तिक १७, आईतवार मा प्रकाशित