सेतो जर्सीमा १४ वर्ष पछि प्रथम श्रेणी खेल्दै नेपाल, अधिकांश खेलाडी डेब्यु गर्दै

मेरीलेबन क्रिकेट क्लब – एमसीसीले नेपाल भ्रमण अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिम बिरुद्ध बुधबार तिन दिवसीय प्रथम श्रेणी खेल खेल्दैछ।

यस अघि एमसीसीले नेपाली यु-१९ टिमसंग एउटा र सिनियर राष्ट्रिय टिमसंग एउटा ५० ओभरको खेल खेलीसकेको छ। यु-१९ टिमलाई ३८ रनले पराजित गरेको एमसीसीले नेपाली सिनियर टिमसंग भने ५ विकेटको हार बेहोरेको थियो।

१४ वर्ष पछि नेपाल प्रथम श्रेणी खेल्दै

नेपालले पछिल्लो पटक प्रथम श्रेणी मान्यता प्राप्त खेल सन् २००५ आईसीसी इन्टर कन्टिनेन्टल कपमा ( अन्तर महादेशीय कप ) खेलेको थियो। नेपाल त्यो बेला २००४ र २००५ को संस्करणमा इन्टर कन्टिनेन्टल खेल्न छनौट भएको थियो।

दुइ संस्करणको इन्टर कन्टिनेन्टल कपमा नेपालले कुल ४ खेल खेल्यो। दुवै संस्करणमा नेपालले समुह चरण पार गर्न सकेन। पहिलो संस्करणमा एसियाबाट युएई र मलेसिया नेपालको समुहमा रहेका थिए जुन बेला युएईसग नेपालले बराबरी खेलेको थियो भने मलेसियालाई ९ विकेटले पराजित गरेको थियो। युएई बढी अंक पाएका कारण सेमीफाइनल खेल्न छनौट भएको थियो।

सोमपाल कामि र शरद भेसावकर बाहेक सबैले प्रथम श्रेणीमा डेब्यु गर्नेछन्।

२००५ को संस्करणमा नेपाल दुर्भाग्यशाली ठहरिएको थियो। यस पटक नेपालको समुहमा एसियाबाट युएई र हंगकंग रहेका थिए। नेपालले हंगकंगसंग बराबरी तथा युएईलाई १७२ रनले पराजित गरेता पनि युएईसंग ०.५ अंकले पछि पर्दै सेमीफाइनल पुग्न चुकेको थियो। हंगकंगसंगको खेलको पहिलो दिन वर्षाले पुरै अवरुद्ध हुँदा नेपाललाई घाटा भएको थियो। युएईको ४१ अंक रहदा नेपालले ४०.५ अंक पाएको थियो।

नेपालको लागि प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बिनोद दास हुन् जसले ३ खेलमा ४ इनिंग बलिङ्ग गर्दै १९ विकेट लिएका थिए। यस्तै मेहबुब आलमले ४ खेलको ७ इनिंगमा १२ विकेट लिएका थिए। यस्तै धेरै रन बनाउने खेलाडी शक्ति गौचन हुन् जसले ४ खेलको ६ इनिंगमा ब्याटिंग गर्दै १७१ रन बनाएका थिए। शरद भेसावकरले ४ खेलमा ६ इनिंग ब्याटिंग गर्दै १७० रन बनाएका छन्।

कुनै पनि नेपाली खेलाडीले प्रथम श्रेणी क्रिकेटमा शतक प्रहार गर्न सकेका छैनन्।  शरद भेसावकरले २००५ इन्टर कन्टिनेन्टल कपमा युएई बिरुद्ध बनाएको ८९ रन नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत रन हो।

अधिकांश खेलाडीको डेब्यु

एमसीसी बिरुद्ध नेपालले घोषणा गरेको १४ सदस्यीय टिममा रहेका कप्तान ज्ञानेन्द्र मल्ल सहित अधिकांश खेलाडीहरुले प्रथम श्रेणी क्रिकेटमा डेब्यु गर्नेछन्। शरद भेसावकर र सोमपाल कामिसंग मात्रै प्रथम श्रेणी खेलेको अनुभव छ। शरदले २००४ र २००५ मा इन्टर कन्टिनेन्टल कप खेलेका थिए। सोमपालले भने २०१५/१६ मा श्रीलंकाको घरेलु क्रिकेट खेल्ने क्रममा साराकेन्स स्पोर्ट्स क्लबबाट २ वटा खेल खेलेका थिए।

प्रथम श्रेणीमा नेपालको लागि सबैभन्दा धेरै विकेट लिने क्रिकेटर बिनोद दास हुन्

३ दिवसीय ( प्रथम श्रेणी ) खेल्न घोषित टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, जितेन्द्र मुखिया, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर र सोमपाल कामि

( नोट – पुर्वघोषित टिममा नरहेका सन्दिप लामिछानेले पनि प्रथम श्रेणी खेल्न सक्ने छन्। यस अघि ५० ओभर टिममा रहेता पनि उनले र पारस खड्काले खेलेका थिएनन्। )

एमसीसीको टिम : जिम्मी एडम्स ( कप्तान ) , यासिर अराफात, बिल्ली गोडलमेन, माइल्स ह्यमोन्ड, ओलिभर हानोन डाल्बी, कालुम ज्याकसन्, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोम्सन, विल भान्डरसपर, एड योङ्ग, टम वेस्टले, क्रिस राइट

 

 

२०७६ कार्तिक २०, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment