पहिलो सेसनमा एमसीसीको राम्रो सुरुवात , नेपाली बलरहरुको संघर्ष

एमसीसी र नेपाल बीच प्रथम श्रेणी तिन दिवसीय क्रिकेट टियु मैदानमा सुरु भएको छ।

टियु मैदानमा जारि खेलको पहिलो सेसन सकिंदा टस हारेर ब्याटिंग गरेको एमसीसीले २८ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएको छ। स्कोरकार्ड 

एमसीसीका ओपनर विल रोड्स ४४ तथा टम वेस्टले २५ रन बनाएर ब्याटिंग गरिरहेका छन्। नेपालले पहिलो विकेट नवौं ओभरमा लिएको थियो। सोमपाल कामिले ओपनर बिल गडलेम्यानलाई क्याच आउट गराए। बिलले १० रन बनाए। पोइन्टमा ललित राजबंशीले डाइभ गर्दै क्याच लिएका थिए।

१ विकेट खसे लगत्तै करन केसीले गरेको १० औं ओभरमा बिनोद भण्डारीले पहिलो स्लिपमा विल रोड्सको निकै सहज क्याच छुटाएका थिए।

सोमपाल कामिले १ मात्र विकेट लिंदा करन केसी, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी र सन्दिप लामिछाने विकेट विहिन रहेका छन्।

खेलमा शरद भेसावकर बाहेक सबै १० खेलाडीहरुले प्रथम श्रेणीमा नेपालको लागि डेब्यु गरेका छन्। नेपालको अन्तिम ११ मा ज्ञानेन्द्र मल्ल ( कप्तान ) , आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, सन्दिप लामिछाने, शरद भेसावकर, सोमपाल कामि रहेका छन्।

सोमपाल कामि र शरद भेसावकर बाहेक सबै ९ जना खेलाडीहरुको यो प्रथम श्रेणी डेब्यु हो। सोमपालको नेपालको लागि भने यो डेब्यु हो।

२०७६ कार्तिक २०, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment