दोश्रो सेसनमा नेपालले लियो ३ विकेट, एमसीसी २३३/४ को स्थितिमा

एमसीसी र नेपाल बीच जारि प्रथम श्रेणी तिन दिवसीय क्रिकेट अन्तर्गत पहिलो दिनको खेल टीयु मैदानमा जारि रहेको छ।

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको एमसीसीले चिया सत्रको अन्त्यमा ६० ओभर सकिंदा ४ विकेट गुमाएर २३३ रन बनाएको छ।

एमसीसीका विल भान्डर्स्पर ३७ तथा एड योङ्ग १५ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

लन्च सेसनको अन्त्यसम्म ८४/१ रहेको एमसीसीले दोश्रो सेसनमा थप ३ विकेट गुमायो। अर्धशतक पुरा गरेपछि विल रोड्स ७३ रन बनाएर सोमपाल कामिको बलमा ३५ औं ओभरमा बोल्ड भए। उनले ११० बलमा १२ चौका प्रहार गरे।

त्यसपछि टम वेस्टलेलाई शरद भेसावकरले ४३ औं ओभरमा एलबिडब्लु आउट गरे। उनले १०२ बलमा ५ चौका मदतले ३९ रन बनाए। चौथो विकेटको लागि माइल्स ह्यामंड र विल भान्डर्स्परले ४९ रनको साझेदारी गरे। शरदले ५३ औं ओभरमा ह्यामंडलाई बोल्ड गर्दै चौथो विकेट दिलाए। उनले ५२ रन बनाए।

शरद भेसावकर र सोमपाल कामिले हालसम्म २/२ विकेट लिएका छन्। सन्दिप लामिछाने, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी र करन केसी विकेट विहिन रहेका छन्।

खेलमा शरद भेसावकर बाहेक सबै १० खेलाडीहरुले प्रथम श्रेणीमा नेपालको लागि डेब्यु गरेका छन्। नेपालको अन्तिम ११ मा ज्ञानेन्द्र मल्ल ( कप्तान ) , आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, सन्दिप लामिछाने, शरद भेसावकर, सोमपाल कामि रहेका छन्।

सोमपाल कामि र शरद भेसावकर बाहेक सबै ९ जना खेलाडीहरुको यो प्रथम श्रेणी डेब्यु हो। सोमपालको नेपालको लागि भने यो डेब्यु हो।

२०७६ कार्तिक २०, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment