एएफसी यु-१९ : युएईसंग नेपाल सहजै पराजित

एएफसी अन्डर-१९ च्याम्पियनसिप छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल युएईसंग सहजै पराजित भएको छ।

इरानको तेहरानमा भएको खेलमा नेपाली युवा टिलमाई युएईले ४-० गोलले पराजित गरेको हो।

खेलको २७ औं मिनेटमा आफ्नै पोस्टमा नेपालले गोल गरेपछि युएईले १-० को अग्रता लिएको थियो। ३८ औं, ७१ औं र ८० औं मिनेटमा थप ३ गोल नेपालले खायो।

नेपालले आगामी खेल शुक्रबार आयोजक रास्ट्र इरानसंग खेल्नेछ। त्यसपछि समुह चरणको अन्तिम खेलमा आइतबार किर्गिस्तान खेल्ने तालिका रहेको छ।

२०७६ कार्तिक २०, बुधबार मा प्रकाशित