दोश्रो दिन करन चम्किदा एमसीसी ३६४ रनमा समेटिन पुग्यो

एमसीसी र नेपाल बीच जारि तिन दिवसीय प्रथम श्रेणी खेल अन्तर्गत एमसीसीले पहिलो इनिंगमा ३६४ रनमा सम्पूर्ण विकेट गुमाएको छ।

पहिलो दिन ६ विकेट गुमाएर ३११ रन बनाएको एमसीसीले दोश्रो दिन ४ विकेट गुमाउदा थप ५३ रन जोड्यो।

दोश्रो दिन बिहानी सत्रमा नेपालले ४ विकेट लिन १५.५ ओभर बलिङ्ग गर्यो। पहिलो दिन अविजित रहेका एलेक्स थोम्पसन ३० रन बनाएर करन केसीबाट एलबिडब्लु भए। एकै ओभरमा करनले एलेक्स स्पेनसरलाई खाता नखोल्दै पेभेलियन फर्काए।

८ विकेट गुमेपछि यासिर अराफातले आक्रामक सटहरु खेल्दै अर्धशतक पुरा गरे। सन्दिप लामिछानेले क्रिस राइट र करन केसीले ओलिभर हानोनको विकेट लिंदै एमसीसीको इनिंग अन्त्य गरे।

यासिर अराफात ६५ रन बनाएर अविजित रहे। पुर्व पाकिस्तान राष्ट्रिय क्रिकेटर अराफातले ९८ बलमा १० चौका प्रहार गरे।

नेपालको बलिङ्गमा करन केसी र सन्दिप लामिछानेले ३/३ विकेट लिए भने सोमपाल कामि र शरद भेसावकरले २/२ विकेट लिए।

यस अघि पहिलो दिन एमसीसीका विल रोड्सले ७३, माइल्स भान्डरस्परले ५३ र माइल्स ह्यामंडले ५२ रन बनाएका थिए।  स्कोरकार्ड

नेपालले आफ्नो पहिलो इनिंग सुरु गरेको छ। ज्ञानेन्द्र मल्ल र राजु रिजालले ओपनिङ्ग ब्याटिंग गरिरहेका छन्।

 

 

२०७६ कार्तिक २१, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment