अराफातको घातक बलिङ्ग, नेपालको खराब सुरुवात

टियु मैदान किर्तिपुरमा जारि नेपाल र एमसीसी बीचको तिन दिवसीय प्रथम श्रेणी खेल अन्तर्गत दोश्रो दिन विहानी सत्रमा ब्याटिंग सुरु गरेको नेपालले कमजोर सुरुवात गरेको छ।

एमसीसीले पहिलो इनिंगमा ३६४ रन बनाएपछि ब्याटिंग सुरु गरेको नेपालले खाना सत्र सम्म खेल सकिंदा१८ रन बनाउदा ३ विकेट गुमाईसकेको छ।

एमसीसीको पहिलो इनिंगको योगफल भन्दा नेपाल ३४६ रनले पछि रहेको छ। नेपालले फलो अन जोगाउन अझै १९७ रन बनाउनु पर्नेछ।

नेपालको शिर्ष ३ ब्याट्सम्यानको विकेट पुर्व पाकिस्तान क्रिकेटर समेत रहेका तिब्र गति बलर यासिर अराफातले लिए।

ज्ञानेन्द्र मल्ल इनिंगको पहिलो ओभरमै खाता नखोली आउट भए भने त्यसपछि शरद भेसावकर पाँचौ ओभरमा ४ रन बनाएर तथा राजु रिजाल नवौं ओभरमा ८ रन बनाएर आउट भए।

दोश्रो सेसनमा ब्याटिंगमा आरिफ शेख ५ रन बनाएर ब्याटिंग गरिरहेका छन् भने क्रिजमा दिपेन्द्र ऐरि आएका छन्।

एमसीसीले पहिलो इनिंगमा ३६४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

पहिलो दिन ६ विकेट गुमाएर ३११ रन बनाएको एमसीसीले दोश्रो दिन ४ विकेट गुमाउदा थप ५३ रन जोड्यो।

दोश्रो दिन बिहानी सत्रमा नेपालले ४ विकेट लिन १५.५ ओभर बलिङ्ग गर्यो। पहिलो दिन अविजित रहेका एलेक्स थोम्पसन ३० रन बनाएर करन केसीबाट एलबिडब्लु भए। एकै ओभरमा करनले एलेक्स स्पेनसरलाई खाता नखोल्दै पेभेलियन फर्काए।

८ विकेट गुमेपछि यासिर अराफातले आक्रामक सटहरु खेल्दै अर्धशतक पुरा गरे। सन्दिप लामिछानेले क्रिस राइट र करन केसीले ओलिभर हानोनको विकेट लिंदै एमसीसीको इनिंग अन्त्य गरे।

यासिर अराफात ६५ रन बनाएर अविजित रहे। पुर्व पाकिस्तान राष्ट्रिय क्रिकेटर अराफातले ९८ बलमा १० चौका प्रहार गरे।

नेपालको बलिङ्गमा करन केसी र सन्दिप लामिछानेले ३/३ विकेट लिए भने सोमपाल कामि र शरद भेसावकरले २/२ विकेट लिए।

यस अघि पहिलो दिन एमसीसीका विल रोड्सले ७३, माइल्स भान्डरस्परले ५३ र माइल्स ह्यामंडले ५२ रन बनाएका थिए।  स्कोरकार्ड

२०७६ कार्तिक २१, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment