(फिचर फोटो: गोलनेपाल) | कतारमा हुने सन् २०२२ को विश्वकप र चीनमा सन् २०२३ मा आयोजना हुने एसियन कप छनोट अन्तर्गत यहि मङ्सिर ३ गते दशरथ रंगशालामा तय गरिएको नेपाल र कुवेतबिचको खेल दशरथ रंगशालामा नहुने भएको हो । पूर्वाधार निर्माण सम्पन्न नभएकोले एएफसीले उक्त खेललाई न्युट्रल भेन्युमा सारेको हो ।
अब नेपालमा तय भएको उक्त खेल भुटान स्थित चाङलिमिथाङ रंगशालामा हुने नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले केहीबेर अगाडी प्रेस बिज्ञप्ती जारि गर्दै यसबारे जनाएको हो ।
एन्फाले २०७२ सालमा गएको महाभूकम्पको कारणले संरचना बिग्रिएको र निर्माण सम्पन्न काम प्रभावकारी ढंगले हुन नसकेकोले रोकिएका घरेलु प्रतियोगिताहरु पनि अब संचालन गर्ने जनाएको छ ।
यस्तो छ प्रेस बिज्ञप्ती:

