रोहितले विस्फोटक ब्याटिंग गर्दा भारत सहजै विजयी , सिरिज बराबरी

कप्तान रोहित शर्माले विस्फोटक ब्याटिंग गर्दा भारतले बंगलादेशसंग जारि ३ वटा टि-२० को सिरिज १-१ को बराबरी गरेको छ। पहिलो टि-२० मा बंगलादेश ७ विकेटले विजयी भएको थियो। अन्तिम तथा निर्णायक खेल आइतबार खेलिनेछ।

भारत राजकोटको सौरास्ट्रमा सम्पन्नमा खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले १५.४ ओभरमा मात्र २ विकेट गुमाएर सहजै पुरा गर्यो।

भारतीय ओपनर शिखर धवन र रोहित शर्माले पहिलो विकेटको लागि १०.५ ओभरमा ११८ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। धवन ३१ रन बनाएर आउट भए। यस क्रममा टि-२० अन्तर्राष्ट्रियमा चौथो शतकीय साझेदारी गर्दै रोहित र धवनले नयाँ विश्वरेकर्ड बनाए।

१३ औं ओभरमा रोहितलाई अमिनुल इस्लामले क्याच आउट गर्नु अघि रोहितले ८३ रन बनाए। मात्र ४३ बलमा उनले ६ चौका र ६ छक्का प्रहार गरे।

त्यसपछि लोकेश राहुलले अविजित ८ र श्रेयस ऐयरले अविजित २४ रन बनाएर टिमलाई जितसम्म पुर्याए। ऐयरले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

बंगलादेशको लागि अमिनुल इशालले २ विकेट ( ४-०-२९-२ ) लिए।

बंगलादेशको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेश २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो।

बंगलादेश ओपनर लिटन दास र मोहम्मद नैमले पहिलो विकेटको लागि ६० रनको साझेदारी गरे। आठौँ ओभरमा २९ रन बनाएका दासलाई रिशाभ पन्तले रन आउट गर्दै पहिलो विकेट दिलाएपछि बंगलादेशले लगातार विकेट गुमाउन पुग्यो। नैम ३६ रन बनाएर आउट भए।

सौम्य सरकार र महमुदुल्लाहले समान ३० रन बनाए। मुस्फिकुर रहिमले ४ र अफिफ होसेनले ६ रन बनाए।

भारतको बलिङ्गमा युझभेन्द्र चाहलले २ विकेट ( ४-०-२८-२ ) लिए भने दिपक चाहर ( ४-०-२५-१ ) , खलिल एहमद ( ४-०-४४-१ ) , वासिंगटन सुन्दर ( ४-०-२५-१ ) ले समान १/१ विकेट लिए।

 

 

२०७६ कार्तिक २२, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment