एमसीसीद्वारा नेपाललाई चुनौतिपूर्ण लक्ष्य, नेपालको राम्रो सुरुवात

नेपाल र एमसीसी बीच जारि तिन दिवसीय प्रथम श्रेणी खेल अन्तर्गत तेश्रो दिनको पहिलो सत्र सम्मको खेल सकिएको छ।

दोश्रो दिनको अन्त्यमा ९१/२ को स्थितिबाट तेश्रो दिन ब्याटिंग सुरु गरेको एमसीसीले थप १५ ओभर ब्याटिंग गर्दै १८१/६ को योगफलमा इनिंग समाप्तिको घोषणा गर्यो। कुल ३९२ रनको अग्रता लिंदै नेपाललाई ३९३ रनको लक्ष्य एमसीसीले प्रस्तुत गर्यो।

३९३ रनको लक्ष्य पछ्याउन विहानी सत्रमा ब्याटिंग सुरु गरेको नेपालले ९ ओभरमा ५१ रन बनाउदा १ विकेट गुमाएको छ। अब नेपाललाई अधिकतम ७४ ओभरमा जितको लागि ३४२ रन बाँकी रहेको छ।

लक्ष्य पछ्याउने क्रममा नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाउन पुग्यो। ६ रन बनाएका मल्ललाई क्रिस राइटले एलबिडब्लु धरापमा पारे। मल्लको विकेटपछि क्रिजमा राजु रिजाल ३१ रन तथा शरद भेसावकर १४ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

नेपालले अब बाँकी २ सत्र खेल बराबरी गर्न खेल्नेछ या जितको लागि खेल्ने छ हेर्न लायक हुनेछ। हालसम्म नेपालले आक्रामक सुरुवात गर्दै जिततर्फ जाने संकेत गरेको छ।

एमसीसीको दोश्रो इनिंग 

एमसीसीले दोश्रो इनिंग १८१/६ को योगफलमा समाप्तिको घोषणा गर्यो। उसको लागि ओपनर बिल गडले म्यानले सर्वाधिक ३९ रन बनाए भने अर्का ओपनर विल रोड्सले ३० रन , टम वेसलेले ३४ तथा एड योङ्गले ३१ रन बनाए।

Karan KC

नेपालको बलिङ्गमा करन केसीले ३ विकेट लिए भने सोमपाल कामि, पवन सर्राफ र ललित राजबंशीले १/१ विकेट लिए। तेश्रो दिन करनले ३ तथा सोमपाल कामिले १ विकेट लिए।

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि एमसीसीले पहिलो इनिंगमा सबै विकेट गुमाएर ३६४ रन बनाएको थियो। प्रतिउत्तरमा नेपालले आफ्नो पहिलो इनिंगमा १५३ रनमा सबै विकेट गुमाएको थियो। एमसीसीले २११ रनको अग्रता लिएको थियो।

नेपालको पहिलो इनिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३९ रन बनाएका थिए भने बिनोद भण्डारीले ३६ तथा सोमपाल कामिले २६ रन बनाएका थिए।

२०७६ कार्तिक २२, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment