अफगानिस्तानमाथि नेपालको उत्कृस्ट जित

बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ।

बंगलादेशको ढाकामा जारी च्याम्पियनसिप अन्तगर्त पहिलो खेलमा अफगानस्तानमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले शानदार सुरुआत गरेको हो ।

ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–४ ले जितेको थियो । जितपछि आक्रमक खेलेको नेपालले दोस्रो सेट २५–९ ले जितेको हो । तेस्रो सेटमा अफगानस्तानको प्रदर्शन फितलो रहँदा नेपाल २५-६ ले जित्न सफल भयो ।

तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी मानिए पनि अफगानस्तानले गतिलो प्रदर्शन गर्न सकेन् । लामो समयपछि अन्तराष्ट्रिय प्रतियोगिता खेलेको नेपाल स्वर्ण जित्ने लक्ष्यमा छ । नेपालले सोमबार किर्गिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल ,कीर्गिस्तान, माल्दिभ्स र अफगानिस्तान छ । राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

( समाचार श्रोत – बाह्रखरी )

२०७६ कार्तिक २४, आईतवार मा प्रकाशित