भारत यु-१९ ‘सी’ संग नेपाली यु-१९ टिम ११४ रनमै समेटियो

भारतको हरियानामा आज देखि सुरु भएको अन्डर-१९ च्यालेन्जर्स ट्रफी अन्तर्गत पहिलो खेलमा नेपाली अन्डर-१९ टिमले भारतको अन्डर-१९ ‘सी’ टिमसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले कमजोर ब्याटिंग प्रदर्शन गरेको छ। ३२.१ ओभरमा नेपालले सम्पूर्ण विकेट गुमाएर ११४ रन मात्र बनाउन सकेको हो। स्कोरकार्ड 

नेपालको सुरुवात राम्रो हुन सकेन र सुरुवात देखि लगातार विकेट गुमायो। कप्तान रित गौतम ५  रन बनाएर दोश्रो ओभरमै पेभेलियन फर्किए। त्यसपछि अर्का ओपनर लोकेस बम र खडक बोहरा समान १० रन बनाएर आउट भए। ६.२ ओभरमा नेपाल २८/३ को स्थितिमा पुग्यो।

Kushal Malla scored 26 runs.

चौथो विकेटको लागि अरुन ऐरि र कुशल मल्लले तेश्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। १६ औं ओभरमा अरुन १३ रन बनाएर आउट भए पछि नेपालको विकेट पतन पुनः सुरु भयो। कुशल मल्ल पनि २६ रन बनाएर आउट भए भने हरि बहादुर चौहानले पनि ७ रन मात्र बनाउन सके। एक किनार सम्हालेर ब्याटिंग गरिरहेका शेर मल्ल १४ तथा प्रतिस जिसी ११ रन बनाएर आउट भए।

नेपालले ३२.१ ओभरमा ११४ रनमा सबै विकेट गुमाउन पुग्यो।

भारत यु-१९ ‘सी’ को बलिङ्गमा चिन्तला रक्षन रेड्डी, विद्याधर पाटिल, समर्थ हेग्ड़े, मुज्ताबा युसुफ र रभी रोशन सिंहले समान २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल नोभेम्बर १३ मा भारत रातोसंग तथा तेश्रो खेल भारत निलोसंग १५ नोभेम्बरमा खेलिनेछ। सबै ४ टिमले एक अर्का बिरुद्ध खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट-२ टिमले फाइनल खेल्नेछ भने तेश्रो र चौथो टिमबीच तेश्रो स्थानको लागि खेल हुनेछ।

२०७६ कार्तिक २५, सोमबार मा प्रकाशित