साग खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

नेपालमा यही मङ्सिर १५ गते देखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) को लागि अन्डर-२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले टिम घोषणा गरेका हुन्। नेपाली टिममा सिनियर टिमबाट विकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ रहेका छन्। किरण चेम्जोङ्ग, नवयुग श्रेष्ठ र रोहित चन्द टिममा समावेस छैनन्।

यस्तो छ नेपाली टिम :- 

गोलकिपर – विकेश कुथु, अर्पण कार्की, दिप कार्की
डिफेन्डर – अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरङ
मिडफिल्डर – बिक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर, नितिन थापा
फरवार्ड – विमल घर्ती मगर, रेजिन सुब्बा, अभिषेक रिजाल, अन्जन विष्ट

हामि आत्मविश्वासी छौँ – प्रशिक्षक बालगोपाल महर्जन 

“हामि निकै कडा मेहनत गरिरहेका छौँ र लामो तयारी गरेका छौँ। हामिसंग खेलाडीहरु स्तरीय छन् र आत्मविश्वासले भरिपूर्ण छन्।”

“हामिले अभ्यासको दौरान धेरै मैत्रीपूर्ण अभ्यास खेलहरु खेलेका छौँ जहाँ खेलाडीहरुको प्रदर्शन नजिकबाट नियालेको छु। हामि प्रतियोगितामा शतप्रतिशत दिन तयार छौँ”

२०७६ कार्तिक २५, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment