यु-१९ च्यालेन्जर्स ट्रफी : रितले उत्कृस्ट इनिंग खेल्दा नेपालद्वारा भारतलाई २११ रनको लक्ष्य

भारतको हैदराबादमा जारि अन्डर-१९ एकदिवसीय च्यालेन्जर्स ट्रफी अन्तर्गत नेपाली अन्डर-१९ टिमले भारतीय अन्डर-१९ ‘बि’ संग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१० रन बनाउदै २११ रनको लक्ष्य दिएको छ। स्कोरकार्ड 

नेपालको लागि कप्तान रित गौतमले सर्वाधिक ८४ रन बनाए। उनले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरे।  यस्तै शेर मल्लले ३३, हरि बहादुर चौहानले २०, आकाश चन्दले १८ तथा कुशल मल्लले १२ रन बनाए।

सुरुवात देखि लगातार विकेट गुमाएता पनि रित गौतमले एक किनार सम्हालेर ब्याटिंग गरेका थिए। लोकेस बम ५, तृत राज दास २, बिशाल बिक्रम केसी ३ तथा अभिषेक बस्नेत खाता नखोली आउट भए।

Rit Gautam

रितले पाँचौ विकेटको लागि हरि बहादुर चौहानसंग ५३ रनको साझेदारी गरे। रित ३२ औं ओभरमा आउट भएपछि शेर मल्लले आकाश चन्दसंग आठौँ विकेटको लागि ४७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० नजिक पुर्याएका थिए। शेरले ४७ बलमा ३ चौका प्रहार गरे।

भारत यु-१९ टिमको बलिङ्गमा दिभ्यांश जोशीले ३ तथा विनोद २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारत यु-१९ ‘सी’ टिमसंग १० विकेटको तथा दोश्रो खेलमा भारत यु-१९ ‘ए’ टिमसंग १०७ रनको हार बेहोरेको थियो।

२०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment