यु-१९ च्यालेन्जर्स ट्रफी : आकाशको उत्कृस्ट बलिङ्गका बाबजुद नेपाल थोरै अन्तरले पराजित

भारतमा जारि अन्डर-१९ एकदिवसीय च्यालेन्जर्स ट्रफी अन्तर्गत नेपालले तेश्रो खेलमा हार बेहोरेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २११ रनको लक्ष्य भारत यु-१९ ‘बि’ ले ८ विकेट गुमाएर ४६.३ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

प्रतियोगितामा नेपालले खेलेको तिन वटै खेलमा हार बेहोर्यो। नेपालले आफ्नो पहिलो खेलमा भारत यु-१९ ‘सी’ टिमसंग १० विकेटको तथा दोश्रो खेलमा भारत यु-१९ ‘ए’ टिमसंग १०७ रनको हार बेहोरेको थियो। अब नेपालले आफ्नो अन्तिम खेल आइतबार अंकतालिकामा तेश्रो टिम भारत ‘सी’ टिमसंग चौथो स्थानको लागि खेल्नेछ।

लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात राम्रो हुन सकेको थिएन। आकाश चन्दले ओपनर सिद्देशलाई १ तथा यश भिजयलाई ६ रनमा पेभेलियन फर्काए। तेश्रो विकेटको लागी सागर दहिया र हर्ष जम्वालले ५३ रनको साझेदारी गरे। १८ औं ओभरमा २८ रन बनाएका दहियालाई कुशल मल्लले तथा १९ औं ओभरमा २९ रन बनाएका हर्षलाई सागर ढकालले विकेट लिंदै नेपाललाई खेलमा फर्काए।

सागर ढकालले २ विकेट लिन किफायती बलिङ्ग गरे ( File Pic )

६९/४ पुगेको भारतको योगफललाई क्रुथिक कृष्णा र दिभ्यांश जोशीले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ६२ रनको साझेदारी गरे। २९ औं ओभरमा अर्धशतक बनाएका दिभ्यांशलाई शेर मल्लले आउट गरे। उनले ३७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। ३५ औं ओभरमा १२ रन बनाएका अथर्भ अन्कोलेकरलाई सागर ढकालले एलबिडब्लु गर्दै छैठौं विकेट दिलाए।

धैर्यतापूर्ण इनिंग खेल्दै ३९ रन बनाएका क्रुथिक कृष्णलाई ४४ औं ओभरमा बोल्ड गर्दै आकास चन्दले नेपालको सम्भावना कायमै राखे। त्यसपछि निर्मल कुमारले एक किनार सम्हाल्दै योगफल २०० पार गराए। यस क्रममा उनले विवेक कुमारसंग आठौँ विकेटको लागि ३१ रनको साझेदारी गरे। ४६ औं ओभरमा आकाश चन्दले विवेकलाई बोल्ड गरे। उनले ८ बलमा १ चौका र १ छक्का मदतले १६ रन बनाए।

निर्मल कुमारले २० रन बनाएर टिमलाई जितसम्म पुर्याए। उनले ३३ बलमा १ चौका प्रहार गरे।

नेपालको बलिङ्गमा आकाश चन्दले सर्वाधिक ४ विकेट लिए। उनले ८ ओभरमा ४१ रन खर्चिए। सागर ढकालले २ विकेट ( १०-२-३१-२ ) तथा कुशल मल्ल र शेर मल्लले १/१ विकेट लिए।

नेपालको ब्याटिंग : रितको उत्कृस्ट इनिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१० रन बनाएको थियो।

नेपालको लागि कप्तान रित गौतमले सर्वाधिक ८४ रन बनाए। उनले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरे। यस्तै शेर मल्लले ३३, हरि बहादुर चौहानले २०, आकाश चन्दले १८ तथा कुशल मल्लले १२ रन बनाए।

सुरुवात देखि लगातार विकेट गुमाएता पनि रित गौतमले एक किनार सम्हालेर ब्याटिंग गरेका थिए। लोकेस बम ५, तृत राज दास २, बिशाल बिक्रम केसी ३ तथा अभिषेक बस्नेत खाता नखोली आउट भए।

Rit Gautam

रितले पाँचौ विकेटको लागि हरि बहादुर चौहानसंग ५३ रनको साझेदारी गरे। रित ३२ औं ओभरमा आउट भएपछि शेर मल्लले आकाश चन्दसंग आठौँ विकेटको लागि ४७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० नजिक पुर्याएका थिए। शेरले ४७ बलमा ३ चौका प्रहार गरे।

भारत यु-१९ टिमको बलिङ्गमा दिभ्यांश जोशीले ३ तथा विनोद २ विकेट लिए।

२०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment