कुवेत बिरुद्ध खेलको लागि नेपाली टिमको घोषणा

फिफा विश्वकप छनौट २०२२ कतार र एएफसी एसियन कप २०२३ चिनको छनौट प्रतियोगिता अन्तर्गत कुवेत बिरुद्ध मङ्सिर ३ गते हुने खेलको लागि नेपाली टिमको  घोषणा भएको छ। दशरथ रंगाशाला निर्माणाधिन रहेकोले नेपालमा हुने भनिएको खेल भुटानमा हुँदैछ।

टिमको घोषणा मुख्य प्रशिक्षक जोहान कालिनले गरेका हुन्। टिममा फरवार्ड भरत खवासले पुनरागमन गरेका छन्।

घोषित नेपाली टिम :-

गोलकिपर – किरणकुमार लिम्बु, विशेक कुथु, विशाल श्रेष्ठ
डिफेन्डर – सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन आर्याल, दिनेश राजवंशी, अजित भण्डारी, रञ्जित धिमाल
मिडफिल्डर – सुनील बल, अञ्जन विष्ट, विक्रम लामा, रविशंकर पासवान, मिक्छेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ
फरवार्ड – भारत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, अभिषेक रिजाल

छनौट अन्तर्गत हालसम्म नेपालले कुल ४ खेल खेलेको छ जसमा ३ वटा हार र मात्र १ जित हात पारेको छ। कुवेतसंग ७-० ले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो। त्यसपछि अस्ट्रेलियासंग ५-० ले तथा जोर्डनसंग ३-० को हार बेहोरेको थियो। कुवेतले भने नेपालसंगको खेल अघि चाइनिज ताइपेइलाई ९-० ले पराजित गरेको छ।

२०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित