टि-१० लिग : कलन्दर्स बिरुद्ध पारस अन्तिम-११ मा

आज देखि युएईमा सुरु भएको टि-१० लिग अन्तर्गत नेपाली क्रिकेटर पारस खड्का सम्मिलित टिम ‘टिम अबु धाबी’ले कलन्दर्ससंग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समय १०:४५ बजे राति सुरु हुने खेलमा कलन्दर्सले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको छ। टिम अबु धाबीले पारस खड्कालाई अन्तिम-११ मा स्थान दिएको छ। पारस कुनै पनि विदेशी व्यवसायिक लिगमा खेल्न लागेको यो नै पहिलो पटक हो। खेलको प्रत्यक्ष प्रशारण नेपालमा सोनी टेनले गरिरहेको छ।

Team Abu Dhabi (Playing XI): Niroshan Dickwella(w), Luke Wright, Moeen Ali(c), Corey Anderson, Paras Khadka, Rohan Mustafa, Harry Gurney, Ben Laughlin, Marchant de Lange, Richard Gleeson, Lewis Gregory

Qalandars (Playing XI): Luke Ronchi(w), Dawid Malan(c), Tom Banton, Laurie Evans, Jordan Clark, Philip Salt, Seekkuge Prasanna, Chris Jordan, Lahiru Kumara, George Garton, Sultan Ahmed

कुल ८ टोलि सहभागी रहने प्रतियोगिता नोभेम्बर १५ देखि २४ सम्म अबु धाबीमा संचालन हुनेछ। सहभागी ८ टिमलाई दुइ समुहमा बिभाजन गरेर राउण्ड रोबिन लिग खेलाइनेछ जसपछि सुपर लिग खेलाइनेछ। सुपर लिगमा समुह चरणको अंक समेत जोडिनेछन्। सुपर लिगमा पहिलो देखि चौथो नम्बरमा हुने टिम बीच प्ले-अफ खेल संचालन हुनेछ।

पारस खड्का आबद्ध रहेको टिम ‘टिम अबु धाबी’ रहेको समुह ‘बि’ मा मराठा अरबियन्स, नर्थर्न वारियर्स, कलन्दर्स रहेका छन्। यस्तै सन्दिप लामिछाने आबद्ध टिम कर्नाटका टस्कर्समा बांग्ला टाइगर्स, डेक्कन ग्ल्याडीएटर्स र डेल्ली बुल्स रहेका छन्।

२०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित