टि-१० लिग डेब्युमा पारसले बनाए अविजित ३ रन

युएईमा आज देखि सुरु भएको टि-१० लिग प्रतियोगिता अन्तर्गत पारस खड्काले कलन्दर्स बिरुद्ध डेब्यु गरेका छन्। टिम आबु धाबीको प्रतिनिधित्व गरेका पारसले खेलमा अविजित ३ बलमा ३ रन बनाउन सके।

टिमको ४ विकेट गुमे पछि आठौँ ओभरमा ब्याटिंग गर्न आएका पारसले नवौं ओभरको अन्तिम बलमा पहिलो बल खेल्ने मौका पाएका थिए। पारस ब्याटिंगमा आउदा कमेन्टेटरले नेपालमा क्रिकेट चर्चित हुँदै गएको प्रसंग निकालेका थिए।

आफुले सामना गरेको पहिलो बलमा जोर्डन क्लार्कको बलमा पारसले लांग अनमा ड्राइभ गर्दै २ रन लिए। त्यसपछि अन्तिम ओभरको पाँचौ बलमा पारसले रन बनाउन सकेनन्। त्यसपछि अन्तिम बलमा पारसले १ रन लिए। योर्कर बललाई पारसले हल्का हातले खेलेका थिए। सो क्रममा दोश्रो रन लिन चाहेका डी लांगेलाई पारसले रोकेपछि उनि रन आउट हुन पुगे। त्यस क्रममा कमेन्टेटरले अन्तिम बल भएकोले दोश्रो रन लिन नमानेकोमा पारसको आलोचना गरेका थिए।

निर्धारित १० ओभरमा टिम आबु धाबीले ६ विकेट गुमाएर १०३ रन बनाएको छ। उसको लागि कोरे एण्डरसनले सर्वाधिक ४३ रन बनाए जुन क्रममा २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। लुक राइटले २० तथा निरोशन डिकवेलाले १७ रन बनाए।

कलन्दर्सको बलिङ्गमा लाहिरु कुमाराले सर्वाधिक २ विकेट लिए।

२०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment