हेरिटेज साईकल र्याली सम्पन्न

नेपाल सरकारले आगामी सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा त्यसको प्रचार प्रसार तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका सन्दर्भमा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजना
तथा पर्वतीय खेलकुद महासंघ नेपालको संयोजनमा शनिवार काठमाण्डौँमा अल्टिमेट हेरिटेज साइकल र्याली  समपन्न भएको छ।

र्यालीको शुभारम्भ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि माननीय अरुण नेपालले साईकलचढी गर्नु भएको थियो । बसन्तपुर दरबार क्षेत्रबाट शुरु सो र्याली ठमेल, स्वयम्भु परिक्रमा गर्दै पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हुदै नेपाल पर्यटन बोर्ड परिसर भृकुटीमण्डपमा पुगी प्रमाण-पत्र वितरणका साथ समापन भयो।

राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष श्री पीताम्बर तिम्सिनालेसहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो। र्यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरु, शाहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तित्वहरु लगायत ५०० जनाको सहभागिता रहको थियो।

२०७६ मंसिर १, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment