टि-१० लिग : सन्दिपको शानदार बलिङ्गको बाबजुत कर्नाटका पराजित

युएईमा जारि टि-१० लिग प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार बलिङ्ग गरेका छन्। सन्दिपको उच्च प्रदर्शनका बाबजुद टिम भने बाङ्ग्ला टाइगर्ससंग ५ विकेट पराजित भएको छ।

खेलमा कर्नाटकाले दिएको ११५ रनको लक्ष्य बाङ्ग्ला टाइगर्सले ५ विकेट गुमाएर ८.५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा बाङ्ग्लाको लागि ओपनर आन्द्रे फ्लेचरले सर्वाधिक ४० रन बनाए। उनले १५ बलमा ५ छक्का र १ चौका प्रहार गरे। राइलि रोस्योले २२ रन बनाए भने टम मुरले अविजित २८ रन बनाउदै टिमलाई जित दिलाए। मुरले मात्र ९ बलमा ३ छक्का र १ चौका प्रहार गरे। कर्नाटकाको बलिङ्गमा सन्दिप लामिछानेले २ तथा शापुर जद्रान र एहमद राजाले १/१ विकेट लिएता पनि जितको लागि पर्याप्त रहन सकेन।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा कर्नाटकाले १० ओभरमा १ विकेट गुमाएर ११४ रन बनाएको थियो। उसको लागि ओपनर जोनाथन चार्ल्सले २९ बलमा ४ चौका र ४ छक्का मदतले ५७ रन बनाए। हासिम अमलाले अविजित २९ बलमा ६ चौका मदतले ४७ रन बनाए। चार्ल्स र अमलाले पहिलो विकेटको लागि ९७ रनको साझेदारी गरेका थिए।

सन्दिपको पहिलो ओभर : ५ रन र १ विकेट ( ० , विकेट , ० , १ , ४ , ० ) 

इनिंगको चौथो ओभरमा सन्दिप बलिङ्ग गर्न आउनु अघि बाङ्ग्ला टाइगर्सले ३ ओभरमा विकेट नगुमाई ५५ रन बनाएको थियो। विकेट निकाल्ने र रन पनि रोक्ने चुनौती सन्दिपलाई थियो। सन्दिपले त्यसै गरे। ओभरमा मात्र ५ रन दिए भने खतरनाक बनिरहेका आन्द्रे फ्लेचरको पनि विकेट लिए।

मात्र १५ बलमा ५ छक्का र १ चौका प्रहार गरेका आन्द्रे फ्लेचरलाई ओभरको दोश्रो बलमा सन्दिपले स्टम्प आउट गरे। ठुलो सट खेल्न अगाडी बढेका फ्लेचरले सन्दिपले अफस्टम्प बाहिर दिएको बल छुन सकेनन्। विकेट किपर शफीकुल्लाहले कुनै गल्ति गरेनन् र सन्दिपले पहिलो विकेट हात पारे। ओभरको चौथो बलमा राइलि रोस्योले चौका प्रहार गरे।

सन्दिपको दोश्रो ओभर : ६ रन ( १ , १ , १ , २ , विकेट , १ ) 

पहिलो ओभर निकै उत्कृस्ट गरेका सन्दिपले टिमलाई खेलमा फर्काए। दोश्रो ओभरमा पनि सन्दिपले उत्कृस्ट बलिङ्गलाई जारि राखे। ओभरको पहिलो ४ बलमा ३ वटा १/१ रन तथा एउटा वाइड गरेका सन्दिपले थिसारा परेरालाई दबाबमा राखे। सोहि दबाबको फलस्वरूप पाँचौ बलमा रन लिने चक्करमा कोलिन इन्ग्राम रन आउट हुन पुगे।

ओभरको अन्तिम बलमा सन्दिपलाई आक्रामक सट खेल्ने चक्करमा थिसारा परेरा क्याच आउट भए। लंग अफमा ठुलो सट खेल्दा उनको ब्याटको टप एज लाग्यो र हसिम अमलाले क्याच गर्न कुनै गल्ति गरेनन्। ओभरमा सन्दिपले मात्र ४ रन खर्चिए र १ विकेट लिए। सन्दिप बलिङ्ग गर्न आउदा ३ ओभरमा ५५/० बाट बंगला सन्दिपको २ ओभरको स्पेल पछि ६ ओभरमा ७०/४ को अवस्थामा पुग्यो।

सन्दिपले २ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सन्दिपले पहिलो खेलमा दिल्ली बुल्स बिरुद्ध १९ रन खर्चेर १ विकेट लिएका थिए। उक्त खेलमा सन्दिपले पहिलो बलमै विकेट लिएका थिए। उक्त खेलमा कर्नाटका १९ रनले विजयी भएको थियो।

सन्दिपको टिम कर्नाटकाले आगामी खेल सोमबार दिउसो डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध खेल्नेछ। खेल ५:१५ बजे बेलुका सुरु हुनेछ।

लिग अन्तर्गत आजै सम्पन्न अर्को खेलमा पारस खड्का आबद्ध टिम आबु धाबीले जित हाँसिल गर्यो। खेलमा पारस खड्काले अविजित १ रन बनाए। बिस्तृतमा 

टि-१० लिगमा सन्दिप दोश्रो सिजन खेलीरहेका छन्। गत सिजन सन्दिप केरलाको लागि खेलेका थिए। उक्त सिजन सन्दिपले ६ खेलमा ६ विकेट लिएका थिए।

२०७६ मंसिर १, आईतवार मा प्रकाशित

Leave a Comment