बंगलादेशसंग नेपालको कमजोर ब्याटिंग , १३८ मै सिमित

बंगलादेशमा जारि एसीसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ।

सेमीफाइनल प्रवेशको लागि नेपाललाई जित्नै पर्ने खेलमा नेपालको प्रदर्शन भने कमजोर रहेको छ। टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ४४.३ ओभरमा १३८ रनमै सम्पूर्ण विकेट गुमाएको छ। स्कोरकार्ड 

टस हारेर ब्याटिंग गरेको नेपालले पहिले भन्दा राम्रो सुरुवात गर्यो। ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे। सातौँ ओभरमा १० रनमा कुशल भुर्तेललाई सुमोन खानले क्याच आउट गरे पछि नेपालको विकेट पतन सुरु भयो। लगत्तै १ रन बनाएर शरद भेसावकर आउट भए। अघिल्लो २ खेलमा खाता नखोली आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल पनि २२ रन बनाएर सुमोन खानकै शिकार भए। मल्लले २७ बलमा ४ चौका प्रहार गरे। ३३/० को अवस्थाबाट नेपाल ३५/३ को अवस्थामा पुग्यो।

त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। दिपेन्द्र ऐरि ६, आरिफ शेख ११, पवन सर्राफ, ९, सन्दिप जोरा ० तथा बिनोद भण्डारी ८ रन बनाएर आउट भए। नेपाल ८५/८ को नाजुक अवस्थामा पुग्यो।

नेपालको इनिंगलाई त्यसपछि सोमपाल कामि र करन केसीले सम्हाले। दुवैले नवौं विकेटको लागि ५० रनको साझेदारी गरे। ४७ बलमा करनले १ चौका र १ छक्का प्रहार गरे पछि ४४ औं ओभरमा आउट भए। त्यसपछि सोमपाल पनि अन्तिम विकेटको रुपमा ४४ औं ओभरमा आउट भए। सोमपालले ६३ बलमा ४ चौका मदतले ३८ रन बनाए।

Sompal Kami

बंगलादेशको बलिङ्गमा सायद मिन्हजुल अबेदीन ( १०-०-२९-३ ) , सुमोन खान ( ८.३-०-२९-३ ) ले समान ३/३ विकेट तथा तन्भिर इस्लाम ( १०-२-२६-२ ) र महदी हसन ( ९-१-२५-२ ) ले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले यस अघि भारतसंगको पहिलो खेल ७ विकेटले हारेको थियो भने दोश्रो खेलमा हंगकंगलाई ४० रनले पराजित गरेको थियो।

२०७६ मंसिर २, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment