गोल्डेनगेट र साइपाललाई उपाधि

गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले जेभियर कप यु–१९ बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने।

जेभियर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा गोल्डेनगेटले आयोजक जेभियरलाई ६८–६५ ले पराजित गर्यो। विजेताका प्रज्ज्वल मल्लले २५ अंक जोडे । गोल्डेनगेटले ७–१७, २२–१६, २४–११ र १५–२१ को प्रदर्शन गर्यो।

गल्र्सको उपाधि भिडन्तमा साइपालले समृद्धिलाई ५९–४५ ले हरायो । साइपालकी रोशनी श्रेष्ठले १९ स्कोर गरिन् । साइपालले पहिलो क्वाटरमा २०–८, दोश्रोमा १५–११, तेश्रोमा ११–१२ र चौथोमा १३–१४ अंक जोड्यो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, जेभियरका प्रमुख कार्यकारी अधिकृत लोक भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

२०७६ मंसिर ३, मंगलवार मा प्रकाशित