“खेलाडी नाइट क्लब जानुमा प्रशिक्षक र व्यवस्थापक पनि जिम्मेवार”- गणेश थापा

अखिल नेपाल फुटबल संघका पुर्व अध्यक्ष गणेश थापाले खेलाडी नाइट क्लबमा भेटिनुमा प्रशिक्षक र व्यवस्थापक पनि उत्तिकै जिम्मेवार रहेको बताएका छन् । यस प्रकरणमा जति खेलाडीहरु दोषी छन् त्यति नै दोषी टिमका प्रशिक्षक र व्यवस्थापकपनि रहेका छन् उनले सामाजिक संजालमा लेखेका छन् ।

सोमबार विहानै फेसबुक वालमा आफ्नो धारणा सार्वजनिक गर्दै थापा भन्छन, ‘राष्ट्रिय टिमको निमित्त अपरिहार्य खेलाडीलाई मात्र कारबाही गरेर समस्याको समाधान निस्कँदैन। यस घटना हुनुमा एन्फाका प्रशिक्षक तथा व्यवस्थापक तेत्तिकै जिम्मेवार छन्।’

सोमबार बिहान गणेश थापाले राखेको पोस्ट

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको दोश्रो चरणको छनोटको लागि भुटान जान तयार भएको टिमका खेलाडी त्यसतर्फ प्रस्थान गर्ने अघिल्लो रात ठमेलको एक नाइट क्लबमा गएको खुलेको छ । कुवेत बिरुद्द घरेलु मैदानमा हुनुपर्ने दोश्रो लेगको खेल दशरथ रंगशाला तयार नभएकोले भुटानमा भएको हो । मंगलबार सम्पन्न खेलमा नेपाल १-० गोलले पराजित भयो । कुवेतको घरेलु मैदानमा नेपाल पहिलो लेगमा ७-० गोलले पराजित भएको थियो । त्यसरी नाइट क्लबमा जानेमा टिमका मुख्य ४ सदस्य रहेका छन् ।

त्यसरी नाइट क्लब जानेमा टिमका मुख्य स्ट्राइकर बिमल घर्ति मगर, मिडफ़िल्डर अन्जन बिस्ट र सन्तोष तामाङ्ग तथा डिफेन्डर दिनेश राजबंशी रहेका छन् । भुटान प्रस्थान गर्ने बिहान मदिराले मातेको अवस्थामा बिदाई समारोहमा उपस्थित भएका चारैजना खेलाडीलाई प्रशिक्षकले संका लागेर सोध्दा खेलाडीले स्वीकारेका छन् ।

२०७६ मंसिर ४, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment