टि-१० लिग : पारस लगातार तेश्रो खेलमा मैदान बाहिर

युएईमा जारि टि-१० लिग अन्तर्गत दोश्रो चरणको दोश्रो खेलमा पारस खड्का आबद्ध टिम आबु धाबीले शेन वाटसन कप्तानीको डेक्कन ग्ल्याडीएटर्सको सामना गर्दैछ। खेलमा डेक्कन ग्ल्याडीएटर्सले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ।

लिगको पहिलो २ खेलमा अन्तिम-११ मा मौका पाएका नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्कालाई आबु धाबीले लगातार तेश्रो खेलमा मैदान बाहिर राख्ने निर्णय गरेको छ।

Team Abu Dhabi (Playing XI): Luke Wright, Avishka Fernando, Moeen Ali(c), Alex Davies(w), Wayne Madsen, Lewis Gregory, Rohan Mustafa, Harry Gurney, Ben Laughlin, Hayden Walsh, Marchant de Lange

लिगमा यस अघि पारसले दुइ खेल खेल्ने मौका पाएता पनि अन्तिममा मात्र ब्याटिंग गर्न पाएका थिए। पहिलो खेलमा कलन्दर्स बिरुद्ध मौका पाउनु क्रममा पारसले अविजित ३ बलमा ३ रन बनाएका थिए भने दोश्रो खेलमा नर्थर्न वारियर्स बिरुद्ध १ बलमा १ रन बनाएर अविजित रहेका थिए।

आबु धाबीले लिगमा कमजोर प्रदर्शन गरिरहेको छ जुन क्रममा ४ खेलमा १ जित, २ हार र १ बराबरी नतिजाका साथ अंकतालिकाको पुछारमा ३ अंक सहित रहेको छ। प्ले-अफ चरणमा पुग्नको लागि आज डेक्कन बिरुद्ध खेल जित्न महत्वपूर्ण रहेको छ।

लिग अन्तर्गत आज सम्पन्न अर्को खेलमा सन्दिप लामिछाने आबद्द कर्नाटका टस्कर्स र  मराठा अरबीयन्स बीचको खेल वर्षाको कारण नतिजाविहिन टुंगियो। खेलको पहिलो इनिंग मात्र सम्भव भयो। सन्दिपले खेलमा १ विकेट लिए।

२०७६ मंसिर ४, बुधबार मा प्रकाशित