टि-१० लिग : पारस अन्तिम-११ मा पर्दा सन्दिप भने बेञ्चमा

युएईमा जारि टि-१० लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा पारस खड्का आबद्ध टिम आबु धाबी र सन्दिप लामिछाने आबद्ध कर्नाटका टस्कर्स आमने-सामने हुँदैछन्।

खेलमा टस जितेर आबु धाबीले ब्याटिंग रोजेको छ। लिग अन्तर्गत पछिल्लो ३ खेलमा अन्तिम-११ मा स्थान नपाएका पारसलाई आबु धाबीले अन्तिम-११ मा स्थान दिएको छ। पारसले लिगको पहिलो २ खेलमा मौका पाएका थिए।

पारस अन्तिम-११ मा परेता पनि  नेपाली फ्यानहरुको पारस र सन्दिपलाई एकै खेलमा हेर्ने चाहना भने पुरा हुन पाएन।सन्दिप लामिछानेलाई भने अन्तिम खेलमा बेञ्चमा राखिएको छ।

टिम आबु धाबी र कर्नाटका लिगको प्लेअफ चरण पुग्न भने असफल रहेको छ। आज जुन टिमले जितेता पनि प्ले-अफ पुग्न सक्नेछैन।

पारसको टि-१० लिगमा प्रदर्शन 

लिग अन्तर्गत पहिलो २ खेलमा अन्तिम- ११ मा मौका पाएका पारस खड्काले त्यसपछिको ३ खेलमा बेच्नमा बस्नु पर्यो। पहिलो खेलमा कलन्दर्स बिरुद्ध ३ बलमा अविजित ३ रन बनाएका पारसले त्यसपछि नर्थर्न वारियर्ससंग १ बलमा अविजित १ रन बनाएका थिए। त्यसपछि अन्तिम-११ मा नराखिएको पारसले सन्दिपको टिम बिरुद्ध खेलेको हेर्ने चाहना पुरा हुनेछ वा छैन हेर्न खेलनै कुर्नुपर्नेछ।

पहिलो पटक विदेशी लिगमा मौका पाएका पारसले पहिलो २ खेलमा मौका पाए पनि छैठौं नम्बरमा ब्याटिंग पाएका थिए। १० ओभरको खेलमा छैठौं नम्बरमा ब्याटिंग पाउदा आफ्नो प्रदर्शन देखाउने उपयुक्त मौका पारसले पाएका छैनन्। आबु धाबी बिरुद्ध मौका पाएता पनि पारसले माथिल्लो क्रममा ब्याटिंग पाउने आशा नेपाली फ्यानले गरेका छन्।

सन्दिपको टि-१० लिगमा प्रदर्शन 

प्रतियोगितामा हालसम्म सन्दिपले खेलेको ५ खेलमा कुल ६ विकेट लिईसकेका छन्। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट, दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग ९ रन खर्चेर २ विकेट, तेश्रो खेलमा ग्ल्याडीएटर्ससंग ३५ रन खर्चेर विकेटविहिन, चौथो खेलमा मार्थ अरबियन्ससंग २५ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा कलन्दर्स बिरुद्ध ३० रन खर्चेर २ विकेट लिएका थिए।

२०७६ मंसिर ६, शुक्रबार मा प्रकाशित