भारत र बंगलादेश बीच ऐतिहासिक पिङ्क बल डे-नाइट टेस्ट सुरु, भारत बलियो

बंगलादेश र भारत बीच कोलकातामा ऐतिहासिक डे-नाइट टेस्ट म्याच सुरु भएको छ। पिङ्क बलमा भारत र बंगलादेशको डेब्यु खेलमा भारत हावी भएको छ। ऐतिहासिक खेल हेर्न कोलकाताको इडन गार्डेन स्टेडियम हाउसफुल भएको थियो।

टेस्ट अन्तर्गत पहिलो दिनको खेल समाप्तिमा भारतले  पहिलो इनिंगमा ६८ रनको अग्रता हाँसिल गरेको छ।

टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले ३०.३ ओभरमा १०६ रनमै सम्पूर्ण विकेट गुमायो। पिङ्क बलमा भारतीय तिब्र गति बलरहरुले उत्कृस्ट बलिङ्ग गरे र सबै १० विकेट हात पारे।

बंगलादेशलाई सानो योगफलमै सिमित पार्न इशान्त शर्माले सर्वाधिक ५ विकेट हात पारे जुन क्रममा १२ ओभरमा ४ मेडन ओभर गर्दै २२ रन मात्र खर्चिए। यस्तै उमेश यादबले ३ विकेट ( ७-२-२९-३ ) तथा मोहम्मद शामीले २ विकेट ( १०.३-२-३६-२ ) लिए।

बंगलादेशले सुरुवाती ५ विकेट ३८ रनमै गुमाएको थियो। ओपनर शदाम इस्लामले सर्वाधिक २९ , लिटन दासले २४ र नैम हसनले १९ रन बनाउदै लज्जास्पद योगफलमा समेटिनबाट बंगलादेशलाई जोगाए। भारतले १४ अतिरिक्त रन दियो।

भारतको ब्याटिंग

पहिलो दिननै ब्याटिंग सुरु गरेको भारतले ४६ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ। कप्तान बिराट कोहली ५९ तथा अजिंक्य रहाने २३ रनमा अविजित रहेका छन्। कोहलीले १०५ बलमा ८ चौका प्रहार गरेका छन् भने रहानेले २२ बलमा ३ चौका मदतले २३ रन बनाएका छन्।

यस अघि ओपनर मायाँक अग्रवाल १४ तथा रोहित शर्मा २१ रन बनाएर चाडै आउट भएपछि कोहली र चेतेश्वर पुजारले तेश्रो विकेटको लागि ९४ रनको साझेदारी गरेका थिए। पुजारा ५५ रन बनाएर आउट भए जसले १०५ बलमा ८ चौका प्रहार गरे। बंगलादेशको बलिङ्गमा इबादत होसेनले २ तथा अल अमिन होसेनले १ विकेट लिए।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो पहिलो दिन 

२०७६ मंसिर ६, शुक्रबार मा प्रकाशित