टि-१० लिग : पारसको ब्याटिंग हेर्ने नेपाली फ्यानको चाहना अधुरै

युएईमा जारि टि-१० लिग अन्तर्गत लगातार ३ खेलमा आराम पाएपछि अन्तिम-११ मा मौका पाएका पारस खड्काको ब्याटिंग हेर्ने नेपाली फ्यानहरुको चाहना पुरा हुन पाएन। सन्दिप लामिछानेलाई भने कर्नाताकाले अन्तिम-११ मा मौकानै दिएन।

लिगको प्ले-अफ चरण पुग्न असफल टिम आबु धाबी र कर्नाटका टस्कर्स बीच जारि खेलमा टस जितेर आबु धाबीले ब्याटिंग रोजेको थियो। आबु धाबीले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १२८ रन बनाएको छ। आबु धाबीको लागि ओपनर लुक राइटले अविजित ५७ रन बनाए। ३० बलमा उनले ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान मोइन अलिले ३५ तथा वेन म्याडसनले २० रन बनाए।

लिगमा यस अघि पारस खड्काले पहिलो २ खेलमा लगातार मौका पाए पनि त्यसपछिको ३ खेलमा बेञ्चमा बसेका थिए। पहिलो २ खेलमा मौका पाएता पनि पारसले पहिलो खेलमा कलन्दर्स बिरुद्ध ३ बलमा अविजित ३ रन बनाएका थिए भने त्यसपछि नर्थर्न वारियर्स बिरुद्ध १ बलमा अविजित १ रन बनाएका थिए। दुवै खेलमा पारसलाई छैठौं नम्बरमा ब्याटिंग दिईएको थियो। पारसले पहिलो पटक अन्तर्राष्ट्रिय लिगमा मौका पाउदा मात्र ४ बल खेल्न पाए।

लिग अन्तर्गत दोश्रो चरणको खेल सकिन १ खेल बाँकी रहंदा आबु धाबीले मात्र ४ अंक बटुल्न सक्यो भने कर्नाटकाले ३ अंकमात्र बटुल्न सक्यो।

सन्दिपको प्रदर्शन यस्तो रह्यो 

प्रतियोगितामा हालसम्म सन्दिपले खेलेको ५ खेलमा कुल ६ विकेट लिए। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट, दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग ९ रन खर्चेर २ विकेट, तेश्रो खेलमा ग्ल्याडीएटर्ससंग ३५ रन खर्चेर विकेटविहिन, चौथो खेलमा मार्थ अरबियन्ससंग २५ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा कलन्दर्स बिरुद्ध ३० रन खर्चेर २ विकेट लिएका थिए।

२०७६ मंसिर ६, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment