रोमान्चक खेलमा फ्रेन्ड्सलाई पराजित गर्दै थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं, ६ मंसिर । ललितपुर डर्बीको रुलान थ्री स्टार एनआइविएल फ्रेन्डस् क्लबको भिडनतमा बाजी मार्दै थ्री स्टार राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै नै प्रतिस्पर्धात्मक र रोमञ्चक बनेको खेलको इन्ज्युरी समयमा कप्तान रुपेश केसीले गोल गरेपछि थ्री स्टारले फ्रेन्डसलाई १–० ले पराजत गर्दै प्रतियोगिताको अन्तम चारमा पुग्न सफल भएको हो । रुपेशले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै थ्री स्टारलाई अन्तिम चारको यात्रा तय गराए ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको खेलमा थ्री स्टारले खेलको शुरुवातदेखि नै फ्रेन्डसलाई दवावमा राखेको थियो । खेलको तेस्रो मिनेटमा थ्री स्टारका सुशान्त श्रेष्ठको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । छैटौ मिनेटमा फ्रेन्डसका ब्राजली खेलाडी वानगरलेको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । १६औं मिनेटमा रुपेश केसीको फ्रिकिकलाई फ्रेन्डसका गोलरक्षक देव लिम्बुले मुस्किलले बचाएका थिए । २०औं मिनेटमा सुशानको पासमा विदेशी खेलाडी हमगातले पोस्टको दिशा दन सकेन । लगत्तै दिपेश घलेको प्रहार गोलरक्षकले बचाइदिए । ३३औं मिनेटमा फ्रेन्डसका फिलिपेले पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा पनि थ्री स्टारले फ्रेन्डसलाई दवावमा राखेपनि गोलको लागि इन्ज्युरी समय कुर्नुपरेको थियो । ५८औं मिनेटमा ब्राजिली फिलिपेले सुन्दर मौका खेर फाल्दा फ्रेन्डस अग्रता लिनबाट चुक्यो । उनको प्रहार थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले बचाइदिए । ६०औं मिनेटमा फिलिपेले नै अर्काे अवसर खेर फालेको थियो । ६५औं मिनेटमा थ्री स्टारका सुशानले अर्काे अवसर खेर फाल्यो । सुशानको बक्सभित्रको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । ८३औं मिनेटमा सुशानकै प्रहारलाई फ्रेन्डसका सनिश श्रेष्ठले गोललाइनबाट बचाउदा थ्री स्टार चुकचुकाएको थियो । गोलरक्षक बिट भइकेको अवस्थामा सनिशले गोललाइबाट बल क्लियर गरिदिएका थिए।

पेनाल्टी सुटआउटतर्फ धकेलिन लागेको खेलमा कप्तान रुपेश केसी नायक बने । इन्ज्युरी समयको दोस्रो मिनेटमा करन राउतको पासमा रुपेशले डि–बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यही गोल नै थ्री स्टारको जितमा निर्णायक बन्यो।

गोलकर्ता रुपेश नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैया र म्यान अफ दि म्याचको अवार्ड महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख तथा प्रहरी निरिक्षक शंकर खड्का र आयोजक दिपशिखा क्लबका अभ्यक्ष रवि बुढाथोकीले प्रदान गरे ।
अब थ्री स्टारले सेमिफाइनलमा एपीएफ र सरस्वती युथ क्लबबीचको विजेतासँग ११ मंसिरमा खेल्नेछ । यि दुई टोलीबीच आइतबार खेल हुनेछ।

प्रतियोगितामा शनिबार तेस्रो क्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लब र गतवर्षको विजेता च्यासल युथ क्लबबीच हुनेछ । खेल दिउँसो २ः३० बजेपछि हुनेछ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

२०७६ मंसिर ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment