कोहलपुरमा लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड सुरु

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता कोहलपुरमा शुरु भएको छ । शनिबार एक कार्यक्रम गरि स्वर्गीय थापाका श्रीमती लालसरि थापा मगरले क्रिकेट एम्पायर ईनामुदिन हल्वाई र राजेन्द्र मान्धरलाई बल हस्तान्तरण गरि उद्घाटन गरिएको हो ।

शनिबार भएको उद्घाटन खेलमा कोहलपुर एकेडेमी विजयी भएको छ । उसले जेगवार स्पोर्टस क्लबलाई ८९ रनले पराजित गरेको हो ।
खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कोहलपुर एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उसका लागि शुबेन्दु पान्डेले ४१,टेक रावतले १८,शिव डागीले १७ रन जोडे । जेगवारका बलर सम्मु खान र सैजादे खानले २/ २ विकेट लिए ।

जवाफी व्याटिगमा आएको जेगवारले ८ ओभरमा अल आउट हुँदै ३६ रन मात्र जोडन सक्यो । उसका लागि मनोज यादवले ९ रन जोडनु वाहेक अन्यले राम्रो प्रदर्सन गर्न सकेनन् । कोहलपुरका बलर लवकुश यादव ३ ओभरमा ७ रन दिएर ५ विकेट लिए । उसका लागि मक्बुल राइले ३ र दिपेन्द्र रावतले २ विकेट लिए र शनिबार देखि सुरु भएको प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेल हुने प्रतियोगिताको संयोजक सरोवर प्रसाईले जानकारी दिनुभयो ।

प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताउनु भयो ।

२०७६ मंसिर ७, शनिबार मा प्रकाशित