भारत र बंगलादेश बीच कोलकातामा सम्पन्न ऐतिहासिक पहिलो पिंक बल ड-नाइट टेस्ट भारतले इनिंग अन्तरले जितेको छ।
भारतको जित संगै हालसम्म खेलिएको १२ वटा डे-नाइट टेस्ट नतिजाको साथ सकिएको छ। १२ टेस्ट मध्ये ६ वटा टेस्टको नतिजा पाँचौ दिन आएको थियो भने , २ वटा टेस्टको चौथो दिन, ३ वटा टेस्टको तेश्रो दिन र एउटा टेस्टको दोश्रो दिनमै नतिजा आएको थियो।
पहिलो इनिंगमा २४१ रनले पछि पर्दै ब्याटिंग गरेको बंगलादेशले १९५ रनमै सिमित भए पछि भारत इनिंग र ४६ रनले विजयी भएको हो।
This is #TeamIndia‘s 7 straight Test win in a row, which is our longest streak ???#PinkBallTest @Paytm pic.twitter.com/Lt2168Qidn
— BCCI (@BCCI) November 24, 2019
इनिंग अन्तरको जितको साथ भारतले नयाँ किर्तिमान बनाएको छ। भारत लगातार ४ टेस्ट इनिंग अन्तरले जित्ने विश्वकै पहिलो टिम बनेको छ भने कोहली पहिलो कप्तान बनेका छन्। बंगलादेशसंगको सिरिज अन्तर्गत पहिलो टेस्ट इनिंग र १३० रनले जितेको भारतले त्यसअघि दक्षिण अफ्रीकालाई घरेलु टेस्टमा इनिंग र २०२ रनले तथा इनिंग र १३७ रनको अन्तरले पराजित गरेको थियो।भारतको यो सातौँ लगातार टेष्ट जीत समेत हो।

तेश्रो दिनमै नतिजा आएको टेस्टको पहिलो इनिंगमा बंगलादेशले टस जितेर ब्याटिंग गर्दै मात्र ३०.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। त्यसपछि भारतले ब्याटिंग गर्दै ३४७/९ को अवस्थामा इनिंग समाप्तिको घोषणा गरेको थियो। दोश्रो इनिंगमा पनि बंगलादेशले मात्र ४१.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो। बंगलादेशको लागि मुस्फिकुर रहिमले सर्वाधिक ७४ रन बनाए।
भारतको जितमा ब्याटिंगतर्फ कप्तान बिराट कोहलीले २७ औं टेस्ट शतक बनाउने क्रममा सर्वाधिक १३६ रन बनाएका थिए। बलिंगमा पहिलो इनिंगमा इशान्त शर्माले ५, उमेश यादबले ३ तथा मोहम्मद शामीले २ विकेट लिए भने दोश्रो इनिंगमा उमेश यादबले ५ र इशान्त शर्माले ४ विकेट लिए। भारतीय स्पिनर रभीचन्द्रन आश्विन र रभिंद्र जडेजा विकेटविहिन रहे।

टेस्टमा भारतको पेस बलरले कुल १९ विकेट हात पारे जुन भारतमै खेलिएको टेस्टमा भारतीय पेस बलरहरुले हात हारेको सबैभन्दा धेरै विकेट हो। यस अघि २०१७/१८ मा कोलकातामै सम्पन्न टेस्टमा श्रीलंका बिरुद्ध भारतीय पेसरहरुले १७ विकेट लिएका थिए। टेस्टमा भारतीय बलरहरुले सबै भन्दा धेरै २० वटै विकेट दक्षिण अफ्रीका बिरुद्ध २०१७/१८ मा जोहानेसबर्गमा लिएका थिए।
India skipper Virat Kohli is now among the top five captains with the most number of Test wins!
53 – Graeme Smith
48 – Ricky Ponting
41 – Steve Waugh
36 – Clive Lloyd
33* – Virat Kohli pic.twitter.com/9gpPvKVymr— ICC (@ICC) November 24, 2019
कप्तानको रुपमा कोहलीको यो ३३ औं टेस्ट जित हो। कोहली अब टेस्टमा पाँचौ धेरै जित हात पार्ने कप्तान बनेका छन्। उनले एलन बोर्डर ( ३३ जित ) लाई पछि पारेका छन्। यो सुचीमा ५३ टेस्ट जित सहित ग्रेम स्मिथ पहिलो स्थानमा छन् भने क्रमशः रिकी पोंटिंग ४८, स्टिभ वा ४१ तथा क्लाइभ लोयड ३६ जितको साथ कोहली भन्दा अघि रहेका छन्।
