पोखरामा सागको खेल हेर्न १ सय र ५ सयको टिकट

पोखरा, यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि स्थानिय व्यवस्थापन तथा सहजिकरण समितीले टिकटको व्यवस्था गर्ने भएको छ ।

पोखरा हुने साग खेललाई व्यवस्थित पार्न दर्शकसँग शुल्क लिइने व्यवस्था गरिने भएको १३ औं साग पोखरा श्रोत साधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले जानकारी दिएका छन । उनका अनुसार सिजनल टिकट दश दिनको लागि ५ सय रुपैयाँ र प्रत्येक दिनको खेल हेर्न एक सयको टिकटको निर्धारण गरिएको हो ।

पोखरामा साग खेलमा करिब २० हजार दर्शकले प्रत्यक्ष रुपमा खेल अवलोकन गर्ने आफुहरुले अपेक्षा गरेको संयोजक कोइरालाले बताए । उनका अनुसार सागका लागि सिमित संख्याका ५ सयका ५ हजार सिजनल टिकट मात्रै विक्रि गरिनेछ । महिला फुटवल खेलको फाइनल खेलको भने प्रति व्यक्ति दुइ सय रुपैया निर्धारण गरिएको उनले जानकारी दिए ।

पोखरामा सागमा महिला फुटवल र क्रिकेट, बिच भलिवल, ह्याण्डवल, भारतोलन, व्याडमिन्टन, आर्चरी र ट्राइयाथलन गरि ८ खेल हुने भएका छन । जस मध्ये ५ खेल पोखरा रंगशाला परिशरमा ३ खेल बाहिर हुनेछन । ट्राइयाथोलन खेल बशुन्धरापार्क, विच भलिबल बाराही घाट र भारोत्तोलन केसी क्याटरिङ माटेपानीमा हुनेछ ।

( समाचार साभार – पोखरास्पोर्ट्स )

२०७६ मंसिर ९, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment