१३ औं साग : आजबाट भलिबलको खेल सुरु ( सम्पूर्ण जानकारी )

१३ औं दक्षिण एसियाली खेलकुद – साग अन्तर्गत भलिबलको खेलहरु बुधबार देखि सुरु हुँदैछ। सागको औपचारिक उद्घाटन  मङ्सिर १५ गते देखि हुने भएता पनि आजबाट खेलहरु भने सुरु हुँदैछ।

सागको पुरुष भलिबल अन्तर्गत नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत र बंगलादेश रहेका छन्। भारतीय भलिबल टिम अझै आइसकेको छैन त्यसैले सहभागिता अझै अन्योलमा रहेको छ। बुधबार साँझसम्म भारतीय भलिबल टिम नेपाल नआए सहभागिता रद्द गरिनेछ। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन्।

पुरुष भलिबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बुधबार बंगलादेशसंग खेल्दैछ। खेल नेपाली समय ७ बजे बेलुका सुरु हुँदैछ। खेल त्रिपुरेश्वर स्थित राखेपको कभर्ड हलमा हुनेछ। खेल हेर्न ५ सय रुपैयाँको टिकट काट्नु पर्नेछ।

प्रत्यक्ष प्रशारण  : साग अन्तर्गत भलिबलको खेलहरु याक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।

नेपालको खेल तालिका पुरुष भलिबल – 

२७ नोभेम्बर ( बुधबार ) – बंगलादेश Vs नेपाल ( ७ बजे )
२९ नोभेम्बर ( शुक्रबार ) – भारत Vs नेपाल ( ५ बजे )

नेपाली पुरुष भलिबल टिम – ईम रानामगर ( कप्तान ) , राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा, टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द

महिला भलिबल अन्तर्गत नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुह भारत र बंगलादेश रहेका छन्। भारतीय भलिबल टिम अझै आइसकेको छैन त्यसैले सहभागिता अझै अन्योलमा रहेको छ। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन्।

महिला भलिबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बुधबार दिउसो ३ बजे बंगलादेशसंग खेल्दैछ।  बुधबारनै दोश्रो खेलमा ५ बजे माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

नेपाली महिला भलिबल टिम – अरुणा शाही , प्रतिभा माली, सरस्वति चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिस्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी, हिरा केसी

नेपालको खेल तालिका महिला भलिबल – 

२७ नोभेम्बर ( बुधबार ) – बंगलादेश Vs नेपाल ( ३ बजे )
२८ ओभेम्बर ( बिहिबार ) – भारत  Vs नेपाल ( ५ बजे )

कसले के भने

अरुणा शाही ( महिला भलिबल टिम कप्तान ) – ‘‘हाम्रो गेमस्पिरिट बढेको छ। नयाँ खेलाडीहरुले म्याच एक्सपोज पाएका छन्। मनोबल बढाएको छ। राम्रो गर्ने आशा छ। फाइनल त जसरी पनि खेल्नुपर्छ, हाम्रो लक्ष्य स्वर्ण पदक नै छ।’’

ईम रानामगर ( पुरुष भलिबल टिम कप्तान ) – ‘‘पहिलो खेलले प्रतियोगितामा यात्रा कहाँसम्म पुग्छ भन्ने तय गर्छ। पछिल्लो समयको नतिजा हेर्ने हो भने हामीमाथि छौं। त्यसैले यो सागमा पनि राम्रो सुरुआत गर्नेमा विश्वस्त छौं। लामो समयदेखी हामी सँगै छौं। स्पाइकमा हामी सँधै बलियो नै हो। रिसिभमा पनि हामीले सुधार गरेका छौं। भारतसँगको मैत्रीपुर्ण खेलले हाम्रो कमजोरीहरुलाई सुधार्ने मौका पाएका छौं। रिसिभ राम्रो भयो भने हामी जुनसुकै टोलीलाई चुनौती दिन सक्छौं।”

( सन्दर्भ श्रोत – देखापढी )

२०७६ मंसिर ११, बुधबार मा प्रकाशित