साग पुरुष भलिबल : नेपाल बंगलादेशसंग ३-२ को सेटमा पराजित

दक्षिण एसियाली खेलकुद साग पुरुष भलिबल अन्तर्गत आफ्नो पहिलो खेलमै नेपालले हार बेहोरेको छ।

आजै नेपाली महिला भलिबल टिमले बंगलादेशलाई पराजित गर्दा पुरुष भलिबल टिमले भने त्यसलाई दोहोर्याउन सकेन। नेपाल बंगलादेशसंग ३-२ को सेटमा पराजित हुन पुग्यो।

त्रिपुरेश्वर स्थित राखेपको कभर्ड हलमा सम्पन्न खेलमा सुरुवात देखि रोमान्चक रुपमा अघि बढेको खेलको पहिलो सेट नेपालले २५-२१ ले आफ्नो नाम गरेको थियो। त्यसपछि दोश्रो सेटमा बंगलादेशले पुनरागमन गर्दै २३-३५ ले जित्न सफल रह्यो। तेश्रो सेटमा पुनः नेपालले पुनरागमन गर्यो र २५-१९ ले जित्न सफल रह्यो। अत्यन्त रोमान्चक रहेको चौथो सेटमा भने बंगलादेश २४-२६ ले विजयी भएपछि खेल अन्तिम सेटसम्म पुग्यो।

अन्तिम सेटमा नेपालले कमजोर प्रदर्शन गर्यो। घरेलु दर्शकको समर्थनका बाबजुद नेपालले त्यसको फाइदा उठाउन सकेन र चौथो सेट १५-१२ ले गुमाउन पुग्यो।

साग अन्तर्गत नेपाली पुरुष भलिबल टिमले आगामी खेल भारतसंग शुक्रबार खेल्ने तालिका रहेको छ। खेल बेलुका ५ बजे सुरु हुनेछ। यद्धपि हालसम्म भारत खेल्ने या नखेल्ने तय भने भएको छैन। भारत नखेलेको खण्डमा नेपाल स्वतः सेमीफाइनल प्रवेश गर्नेछ। यदी भारत खेलेको खण्डमा भने नेपाल सेमी पुग्न भारतलाई पराजित गर्नु पर्नेछ।

खेलको फोटोहरु – 

२०७६ मंसिर ११, बुधबार मा प्रकाशित