मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए ।
सदस्य–सचिव सिलवालले दशरथ रंगशालामा बाँकी रहेको काम शुक्रबारसम्म सकिनेमा ढुक्क रहन आग्रह पनि गरे- “म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु, शुक्रबार रातिसम्ममा दशरथ रंगशाला तयार हुनेछ। अब रङ्गशाला परिसर र खेल स्थलका सरसफाइको काम मात्र निरन्तर चल्नेछ” सिलवालले भने।
सदस्यसचिव सिलवालले पोखरा रङगशालाको दर्शक क्षमता पहिले १० हजारको मात्र गर्ने भनिएकोमा अब १३ हजारमा वृद्धि भएको जानकारी दिए। पोखरा रङगशालाको मैदान पनि पूर्ण रुपमा तयार छ। ट्रयाक एन्ड फिल्डको काम पनि सकिसकेको छ। जहाँ खेलाडीहरुले अभ्यास पनि सुरु गरिसके– उनले भने ।
कडा सुरक्षा व्यवस्था
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे। साग सुरक्षा कमिटीका संयोजक खनालले भने – “सागमा अवाञ्छनीय गतिविधि हुन दिने छैनौँ । सागलाई सुरक्षित रुपमा अवतरण गर्न भिभिआइपी, भिआईपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया र दर्शकको सुरक्षा व्यवस्थामा रत्तिभर कमी हुने छैन। विदेशी पाहुनाका लागि सुरक्षा अझ चुस्त गरिनेछ। सम्भावित हुलदङ्गाका लागि होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ ।”
पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ । आवश्यकता परेमा खेलाडीहरुलाई विशेष सुरक्षा व्यवस्थसहित खेल स्थलसम्म पनि पुर्याइनेछ । सुरक्षा विषयमा सावधानी र सतर्कता अपाउन आवश्यक सबै सुरक्षा उपायहरुमा अपनाइनेछ । सम्भावित खतरालाई निस्तेज पार्ने व्यवस्था भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा निगरानी उच्च बनाइएको छ”।

प्रहरी महानिरिक्षक खनालले विशेष परिस्थितिका लागि थप सुरक्षाकर्मीको टिम तयार गरिने जानकारी दिए । यसैगरी सदस्यसचिव सिलवालले दर्शहरुलाई रङ्गशालामा रहेका सिटमा क्षति नपुर्याउन आग्रह गरे । रङ्गशालामा दर्शकहरुको गतिविधिलाई निगरानी गर्न सिसिटिभी जडान गरिएको त छ नै इ टिकटबाट पनि दर्शक पहिचान गरी कारवाही गरिनेछ ।
ट्राफिक व्यवस्थापन :
सागमा काठमाडौँका सडकमा हुने जामलाई व्यवस्थापन गर्न चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न उपाय अपनाइने भएको छ । सागको समयमा ठूला मालवाहक सवारी साधन रिङरोडभित्र प्रवेश नगर्न अनुरोध गरिनेछ । दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा वानवे लागू गरिनेछ । उद्घाटन दिन रिङरोडभित्र विजोड र समापनमा जोड नम्बरका सवारी साधन मात्र चलाउन पाउने नियम लागू गरिनेछ । दर्शकका लागि पार्किङ स्थल टुँडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुनेछ । रङ्गशाला भित्र भिभिआइपिको पार्किङ हुनेछ ।
टिकट :
राष्ट्रिय खेलकुद परिषद्ले सागमा हुने खेलका लागि इ सेवासँग सहकार्य गरेको छ । इ सेवाले अहिले फुटबल, बास्केटल र भलिबलका टिकट अनलाइनमार्फत् विक्री सुरु गरिरकेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले सागडटइसेवाडटकमडटएनपीमा ( sagesewa.com.np ) गएर टिकट खरिद गर्न सक्नेछ । इसेवाका प्रतिनिधि रोशन लामिछानले दशरथ रंगशलामा हुने समूह चरणका फुटबल खेल हेर्न साधारण पारापिटमा पाँच सय र भिआइपी पारािपटमा एक हजार रुयिाँको टिकट तोकिएको जानकारी दिए । यसैगरी क्रिकेटको टिकट विक्रीको अधिकार भने नेपालयसँग छ । क्रिकेटमा नेपालको खेल हुँदा पाँच सय र अन्य देशबीच खेल हुँदा दुई सय रुपियाँ टिकट मूल्य तोकिएको छ।
