नेपाल टाइगरलाई उपाधि, अमर सिंह रौटेला उत्कृस्ट

कोहलपुरमा भएको स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको उपाधि नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्जले हात पारेको छ ।

प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा बिहिवार भएको फाइनल खेलमा टाइगरले होलिल्याड मा बि नेपालगन्जलाई ६ विकेटले पराजित गर्दै उपाधी कव्जा जमाएको हो।

खेलमा टस जितेर पहिला व्याटिग गरेको होलिल्याडले २० ओभरमा ९ गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रनित थापाले २९,सहिद अन्सारीले २८ रन बनाए । टाइगरका बलर अमर सिंह रौटेलाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए भने निजामुदिन हलवाइले २ विकेट लिए । जबाफी व्याटिग टाइगरले १८ ओभरमा ४ बिकेट को नोक्सानीमा बिजयी लक्ष भेटायो । उसका लागि अमर सिंह रौटेला १९, सिद्धान्तराज शाहीले १६ रन बनाए । होलिल्याडका बलर साहिद अन्सारीले १ विकेट लिए।

Amar Singh Rautela

प्रतियोगितामा म्यान अफ द सिरिज नेपाल टाइगरका अमर सिंह रौटेलाले ११ हजार, उत्कृष्ट ब्याटसम्यान होलिल्याडका अनुपम सिंह र बेस्ट बलर नेपालगन्ज क्याम्पसका प्रतिक गिरि घोषित हुदै समान ५ हजार १ सय प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता टोली टाइगरले नगद १ लाख १ सय, उपविजेता होलिल्याडले ५१ हजार प्राप्त गरेका छन्।

प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गरेका थिए ।

विजेता तथा उपबिजेता टिम लाई प्रमिख अतिथिको प्रदेश सांसद सुरेन्द्र हमाल,नेपालगन्ज उपमहानगरपालिका का उपमेयर उमा थापा मगर , नेपालगन्ज उपमहानगर १२ का वडा सदस्य तरुण बज्राचार्य लगायतले पुरस्कर बितरण गर्नु भएको थियो।

प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ र ६ का अध्यक्ष दुर्गा थापाले आफना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन्।बाँके जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा जिल्ला का ६ टिमले भाग लिएको थियोे ।

२०७६ मंसिर १२, बिहीबार मा प्रकाशित