फिफा वरियता : नेपाल तिन स्थान खस्कियो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपाल तीन स्थान खस्किएको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक सय ७०औं स्थानमा छ । यसअघि नेपाल एक सय ६७औं स्थानमा थियो ।

विश्वकप छनोटका खेलमा कजोर प्रदर्शन गरेका कारण नेपालको वरियता पनि खस्किएको हो । हालै भुटानमा खेलिएको छनोट खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपाल भन्दा माथि रहेको भारत एक सय आठौं र माल्दिभ्स एक सय ५५औं स्थानमा छ ।

बंगलादेश एक सय ८७, भुटान एक सय ८९, पाकिस्तान दुई सय एक र श्रीलंका दुुई सय पाँचौं स्थानमा छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा छ । क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः छैटौं देखि दशौं स्थानमा छन् ।

२०७६ मंसिर १२, बिहीबार मा प्रकाशित