शरद र प्रदिपले विस्फोटक ब्याटिंग गर्दा माल्दिभ्सलाई नेपाल ‘ए’ को विशाल लक्ष्य

दक्षिण एसियाली खेलकुद अन्तर्गत सहभागी टिम माल्दिभ्सले आफ्नो दोश्रो अभ्यास खेल नेपाल ‘ए’ संग खेलीरहेको छ। बिहिबार पहिलो अभ्यास खेलमा माल्दिभ्स नेपाल ‘ए’ संग ४९ रनले पराजित भएको थियो।

मुलपानी मैदानमा जारि खेलमा टस जितेर माल्दिभ्सले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपाल ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाउदै माल्दिभ्सलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाल ‘ए’ को लागि कप्तान शरद भेसावकरले विस्फोटक ब्याटिंग गर्दै सर्वाधिक ८४ रन बनाए जुन क्रममा ८ छक्का र ४ चौका प्रहार गरे। शरद ओपनिंग गएका थिए।

यस्तै तेश्रो नम्बरमा ब्याटिंग गरेका प्रदिप ऐरीले विस्फोटक ब्याटिंग गर्दै ६९ रन बनाए। इनिंगको अन्तिम बलमा आउट भएका ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। चौथो नम्बरका ब्याट्सम्यान अमित श्रेष्ठले अविजित २५ रन बनाए जुन क्रममा २३ बलमा ३ चौका प्रहार गरे। पहिलो विकेटको रुपमा आउट हुनु अघि दिलिप नाथले १९ बलमा ३ चौका र १ छक्का मदतले २७ रन बनाएका थिए।

पहिलो विकेटको लागि शरद भेसावकर र दिलिप नाथ बीच ५.१ ओभरमा ५१ रनको साझेदारी भएको थियो। दिलिपको विकेट पछि शरदले प्रदिप ऐरीसंग दोश्रो विकेटको लागि शतकीय साझेदारी गरे। १४ औं ओभरको दोश्रो बलमा एलबिडब्लु आउट हुनु अघि दुवैले १०२ रनको साझेदारी गरे। तेश्रो विकेटको लागि प्रदिप ऐरी र अमित श्रेष्ठले ६३ रनको साझेदारी गरे।

Pradeep Airee ( File Photo )

माल्दिभ्सको लागि ३ वटै विकेट लिम शफिकले लिए। उनले ४ ओभरमा ३४ रन खर्चिए। माल्दिभ्सले कुल ९ वटा बलर प्रयोग गरेको थियो।

सागको पुरुष क्रिकेट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ३ मा श्रीलंका अन्डर-२३ टिमसंग खेल्दैछ।

भारत र पाकिस्तान सहभागी नभए पछि साग क्रिकेटतर्फ आयोजक नेपाल सहित, श्रीलंका यु-२३, बंगलादेश यु-२३, माल्दिभ्स र भुटान गरि ५ टिम सहभागी रहेका छन्। सबै ५ टिमले एक अर्का बिरुद्ध खेलेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्ण पदकको लागि खेल्नेछन्। यस्तै तेश्रो र चौथो हुने टिमले रजत पदकको लागि खेल्नेछ।

नेपालले पहिलो खेल श्रीलंका यु-२३ संग डिसेम्बर ३ मा, दोश्रो खेल भुटानसंग डिसेम्बर ५ मा, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ मा तथा चौथो खेल बंगलादेशसंग डिसेम्बर ७ मा खेल्नेछ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

डिसेम्बर ९ ( मङ्सिर २३ ) मा कास्य पदकको लागि अंकतालिकामा तेश्रो र चौथो हुने टिमबीच खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल डिसेम्बर १० ( मङ्सिर २४ ) मा खेलिनेछ।

सागको लागि नेपाली पुरुष टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

२०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित