सिन्धुपाल्चोकमा जारि पांच पोखरी सुपर ८ क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलहरु जित्दै पांचपोखरी क्रिकेट क्लब, शृंखला क्रिकेट क्लब ( छिम्ति ) , मेलम्ची नगरपालिका र भोतांग युथ क्लब सेमीफाइनल प्रवेश गरेका छन्।
आयोजक पांचपोखरी क्रिकेट क्लबले यार्सा क्रिकेट क्लबलाई ३ विकेटले, शृंखला क्रिकेट क्लबले सिन्धु लायन्सलाई ४ विकेटले, मेलाची नगरपालिकाले भोतांग देबी माबीलाई २ विकेटले तथा भोतांग युथ क्लबले बाह्रबिसेलाई २५ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो।
प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल शनिवार सम्पन्न हुनेछ। फाइनल खेलको प्रमुख अतिथि पुर्व कानुन मन्त्रि तथा सांसद शेर बहादुर तामांग हुनुहुनेछ।