१३ औं साग : पोखरेली दर्शकलाई फ्री-वाइफाइ

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्षित गर्दै पोखरा रंगशाला भित्र रहेको हरेक खेल मैदानमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ।

पोखरा रंगशालामा हुने खेलको लागि प्रचार प्रसारमा सहयोग पुग्ने हेतुले वर्ल्डलिंकले निशुल्क वाईफाईको व्यवस्था गरेको वर्ल्डलिंक पोखराका फ्रि वाईफाइ सुपरभाइजर ओममणी जोशीले बताए ।

साग अन्तरगत रंगशालामा भित्र हुने फुटबल मैदान, क्रिकेट मैदान, बहुउद्धेश्यीय कर्भडहल, आर्चरी खेल तथा व्याडािन्टन कभर्ड हलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ ।

यसै गरि बाराही घाट स्थित विच भलिबल खेल मैदान, ट्राइयाथोलनको खेल हुने लेकसाइड स्थित हिमा गृह अगाडी र भारोत्तोलन हुने केसी क्याटरिङमा फ्रि वाइफाईको ब्यवस्था गरिएको १३ औं साग प्रचार प्रसार तथा प्रकाशन समिती पोखराले जनाएको छ।

मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औं संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का ८ वटा खेलहरु पोखरामा हुनेछ । पोखरामा महिला फुटबल, महिला क्रिकेट, विच भलिबल, भारोत्तोलन, ह्याण्बल, आर्चरी, ट्राइयाथोलन र व्याडमिन्टनका खेल हुनेछन्।

साभार – पोखरास्पोर्ट्स 

२०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment