अस्मिता इन्ग्लिश क्लब एस्टन भिल्लामा आबद्ध ( भिडियो सहित )

इन्ग्लिश प्रिमियर लिग क्लब एस्टन भिल्लाले नेपाली मुलकी फुटबलर अस्मिता आलेलाई अनुबन्ध गरेको छ।

पुर्ख्यौली घर तनहुँ दमौली रहेका गोर्खा सैनिक अमृत आलेकी छोरि अस्मिता बेलायतमा हुर्केकी हुन्। ८ वर्षको उमेर देखि एस्टन भिल्लाको एकेडेमीमा फुटबल खेल्न थालेकी अस्मितालाई १० वर्ष पछि सोहि क्लबले व्यवसायिक फुटबलको ढोका खोलेको हो।

डिफेन्डरको भूमिकामा खेल्ने अस्मिताले उमेर समुहको टिममा रहेर खेल्दै आएकी थिईन् जहाँ उत्कृस्ट फुटबल प्रदर्शन गरेपछि उनलाई क्लबले सम्झौता गरेको हो। कति रकममा सम्झौता भएको हो भने क्लबले सार्वजनिक गरेको छैन।

“मेरो लागि फुटबललाई कामको रुपमा खेल्न पाउनु सपना थियो र म अत्यन्त खुसि छु कि आफ्नै क्लब को लागि खेल्ने अवसर मिल्यो। यो कुराले मलाई निकै आत्मविश्वाश दिएको छ कि एस्टन भिल्ला र स्टाफहरुले मलाई उज्ज्वल भविष्यको लागि स्थान दिएको छ।”

२०१७/१८ को सिजनमा अस्मिताले एस्टन भिल्ला टिम व्यवस्थापन, खेलाडी र समर्थकहरुको मन जितेका कारण एस्टन भिल्लाले टिममा लिएको हो।

अस्मिताले इंग्ल्याण्डको उमेर समुह टिममा समेत रहँदै आएकी छिन्। यस क्रममा उनि युएएफए वुमेन्स अन्डर-१९ च्याम्पियनसिप छनौटको लागि इंग्ल्याण्डको टिममा समेत परेकी थिईन्।

एस्टन भिल्ला महिला टिमका मुख्य प्रशिक्षक गेम्मा डेभिसले अनुबन्ध पछि अस्मिता टिमको महत्वपूर्ण सदस्य हुनेमा विस्वास व्यक्त गरेकी छिन्।

अनुबन्धको क्रममा प्रशिक्षक गेम्मासंग अस्मिता 

“अस्मिताले आफुलाई यो स्तरको लागि लायक प्रमाणित गरिसकेकी छिन्। उनि आफ्नो करियरको सुरुवातमा छिन् र म उत्साहित छु किनकी उनिसंग निकै प्रतिभा र क्षमता रहेको छ।” सिनियर स्तरमा ३० वटा भन्दा बढी खेल हेरीसकेपछि अस्मिताले प्रशिक्षक गेम्माको मन जितेकी हुन्।

“हाम्रो आफ्नै ( एस्टन भिल्ला ) बाट  खेलाडी आउन र उनीहरुले पहिले मौका पाउन भन्नेमा विश्वास र गर्व गर्छौं, अस्मिता त्यसको उदाहरण हो।” गेम्माले थपिन् – “यो अनुबन्धले हामी युवा खेलाडीहरु प्रतिको हाम्रो प्रतिबद्धतालाई देखाउछ। मलाई थाहा छ उनले हामीले देखाएको विश्वासलाई फिर्ता गर्नेछिन्।”

भिडियो हेर्नुस 

अस्मिताले फुटबल खेल्दैगर्दाको फोटोहरु – 

२०७६ मंसिर १४, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment