१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) तयारीको क्रममा माल्दिभ्सले नेपाल ‘ए’ टिमसंग तेश्रो अभ्यास खेल खेलीरहेको छ।
मुलपानी मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको माल्दिभ्सले नेपाललाई ११३ रनको लक्ष्य प्रस्तुत गरेको छ। २० ओभरमा माल्दिभ्सले ९ विकेट गुमाएर ११२ रन बनायो।
माल्दिभ्सको लागि एहमद हसनले सर्वाधिक १९ रन बनाए। मोहम्मद रिश्वानले १२ रन बनाए भने हसन इब्राहिमले अविजित १७ रन बनाए।
नेपाल ‘ए’ को बलिंगमा यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका लेग स्पिनर बलर तिलक राज भण्डारीले उत्कृस्ट बलिंग गर्दै ३ विकेट लिए। तिलकले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ११ रन खर्चिए। यस्तै अर्का तिब्र गति बलर बिक्रम सोबले २ विकेट लिंदा आकाश चन्द, शेर मल्ल र राहुल प्रताप सिंहले १/१ विकेट लिए। राहुलले ४ ओभरमा ४६ रन खर्चिए।

यस अघि खेलिएको २ वटा अभ्यास खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई सहजै पराजित गरेको थियो। पहिलो खेलमा ४९ रनले तथा दोश्रो खेलमा १०७ रनले नेपाल ‘ए’ विजयी भएको थियो।
