पोखरा प्रिमियर लिग – पिपिएलको दोश्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक क्विन्स इभेन्ट्सले आयोजना गर्ने लिगको वुधबार प्रेस बिज्ञप्ति मार्फत खेल तालिका सार्वजनिक गरिएको हो।
पोखरामै आयोजना हुने पीपीएलको दोश्रो सिजन मङ्सिर २८ गते सुरु भइ पुष १२ गते सकिनेछ। लिगको उद्घाटन खेलमा मङ्सिर २८ गते शनिवार डिफेन्डिङ च्याम्पियन टिम पोखरा पल्टनले काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ।
लिगमा गत सिजन जस्तै ६ सहरको प्रतिनिधित्व गर्ने टिमहरु खेल्दैछन्। यो पटक अघिल्लो सिजन लिग खेलेको टिम हुलास काठमाडौँ रोयल्सको सट्टा काठमाडौँ गोल्डेन वारियर्सले लिग खेल्नेछ। काठमाडौँ गोल्डेन वारियर्स राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल मालिक रहेको टिम हो। धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्स नामले सहभागिता जनाएको टिमले आफ्नो विदेशी खेलाडीलाई बलिंग गर्न प्रतिबन्ध लगाएपछि प्ले-अफ पुगेर लिग छोडेको थियो। ज्ञानेन्द्र मल्लले कप्तानी गरेको उक्त टिमले यो पटक धनगढी प्रिमियर लिग छोडेर पोखरा प्रिमियर लिगमा प्रवेश गरेको हो। ज्ञानेन्द्रनै काठमाडौँ गोल्डेन वारियर्स कप्तान रहेका छन्।

लिगको अन्य ५ वटा टिम भने उहीनै रहेका छन्। अघिल्लो सिजनको उपविजेता पारस खड्काले कप्तानी गर्ने चितवन राइनोज, दिपेन्द्र ऐरी कप्तान रहेको धनगढी ब्लुज, सोमपाल कामि कप्तान रहेको बुटवल ब्लास्टर्स, शरद भेसावकर कप्तान रहेको डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन तथा प्रदिप ऐरी कप्तान रहने बिराटनगर टाईटन्स लिगमा सहभागी हुने अन्य ५ टिम हुन्।
यो पटक सन्दिप लामिछाने भने पीपीएलमा देखिनेछैनन्। अघिल्लो सिजन सन्दिप बिराटनगर टाईटन्सको कप्तानको रुपमा लिग खेलेका थिए। सन्दिप यो पटक बिग ब्यास लिग खेल्न अस्ट्रेलिया पुग्नेछन्। सन्दिपको सट्टा बिराटनगरले अर्का राष्ट्रिय क्रिकेटर प्रदिप ऐरीलाई टिमको कप्तान राखेको हो।
खेलतालिका
प्रतियोगिताको लिग चरणमा सबै टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ। लिगको दोश्रो र तेश्रो हुने टिमले इलिमीनेटर खेल्नेछन् जसको विजेता फाइनल पुग्नेछ।
डिसेम्बर १४ – पोखरा पल्टन Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर १५ – बिराटनगर टाईटन्स Vs धनगढी ब्लुज , काठमाडौँ गोल्डेन्स Vs वारियर्स बुटवल ब्लास्टर्स
डिसेम्बर १६ – पोखरा पल्टन Vs चितवन राइनोज
डिसेम्बर १७ – काठमाडौँ गोल्डेन्स वारियर्स Vs धनगढी ब्लुज , बिराटनगर टाईटन्स Vs पोखरा पल्टन
डिसेम्बर १८ – बुटवल ब्लास्टर्स Vs चितवन राइनोज
डिसेम्बर १९ – पोखरा पल्टन Vs बुटवल ब्लास्टर्स , धनगढी ब्लुज Vs चितवन राइनोज
डिसेम्बर २० – बिराटनगर टाईटन्स Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर २१ – बिराटनगर टाईटन्स Vs चितवन राइनोज
डिसेम्बर २२ – धनगढी ब्लुज Vs पोखरा पल्टन
डिसेम्बर २३ – चितवन राइनोज Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर २४ – बुटवल ब्लास्टर्स Vs बिराटनगर टाईटन्स
डिसेम्बर २६ – इलिमिनेटर ( लिगको दोश्रो र तेश्रो ) , डिसेम्बर २८ – फाइनल ( लिगको पहिलो र इलिमीनेटरको विजेता )

यो पटक लिगको अधिकांश टिमले खेल्ने विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छैन। यस्तै पुरस्कार राशि कति हुने घोषणा भएको छैन। अघिल्लो पटक विजेताले २७ लाख रुपैयाँ पुरस्कार पाएको थियो।
पीपीएलले मङ्सिरको दोश्रो साता रिलिज, रिटेन गरेको खेलाडीको नाम सार्वजनिक गरेको थियो। यो पटक सुबास खकुरेल , अमृत भट्टराई जस्ता राष्ट्रिय क्रिकेटरहरुले लिग खेल्ने भएका छन्। विस्तृतमा पढ्नुस।