किरण चेम्जोङ्ग भारतको ‘आई लिग’ मा हिरो अफ द म्याच

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य गोलकिपर किरण चेम्जोङ्ग भारतमा जारी हिरो “आई लिग” मा म्यान अफ द म्याच घोषित भएका छन् ।

मंगलबार पन्जाबको गुरु नानक मैदानमा सम्पन्न खेलमा पन्जाब फुटबल क्लबले चेन्नई सिटी फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दा किरण उत्कृस्ट खेलाडी घोषित भएका हुन् । पन्जाबमा आबद्द किरणले अघिल्लो संस्करणमा पन्जाब च्याम्पियन बन्दा पनि ठुलो भूमिका निर्वाह गरेका थिए ।

किरणकै प्रदर्शनमा पन्जाबले प्रतियोगितामा तेस्रो खेल खेल्दा पहिलो जित निकालेको छ । पन्जाब यसअघि पहिलो खेलमा फुटबल क्लब गोआसंग ३-० ले पराजित भएको थियो भने इस्ट बङ्गालसंग १-१ को बराबरी खेलेको थियो ।

पहिलो जितसंगै पन्जाब ४ अंकका साथ पाचौं स्थानमा उक्लेको छ । २ खेलबाट शतप्रतिशत जित निकालेको गोआ र केरेला फुटबल क्लब लगातार पहिलो र दोश्रो स्थानमा छन् । पन्जाबले अब डिसेम्बर १६ तारिखमा अंकतालिकाको पुछारमा रहेको इन्डियन एरोजसंग खेल्ने छ ।

२०७६ मंसिर २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment