फिफा विश्वकप छनौट प्रतियोगिता अन्तर्गत कुवेत बिरुद्धको खेल अघि नाइट क्लबमा पुगेर मदिरा सेवन गरेको कारण राष्ट्रिय टिमबाट हटाइएका चार राष्ट्रिय फुटबल खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले निलम्बन गर्ने भएको छ।
कुवेत बिरुद्ध भुटान जानु अघि खेलाडीहरु दरबारमार्ग रठमेलको नाइट क्लब पुगेका थिए जसपछि तुरुन्त उनीहरुलाई टिमबाट बाहिरको बाटो देखाइएको थियो। त्यसपछि उनीहरुले १३ औं साग पनि गुमाएका थिए।
एन्फाको अनुशासन सिटीले शुक्रबार गरेको निर्णय अनुसार बिमल घर्ति मगर र दिनेश राजबंशीलाई ३ महिना निलम्बन हुने भएको छ। यस्तै अन्जन बिस्ट र सन्तोष तामांगलाई भने ४५ दिन निलम्बन गरिएको छ। निलम्बनसंगै उनीहरुले ५० हजार जरिवाना पनि गरिएको छ।
कारबाहीमा परेपछि ४ खेलाडीहरुले एन्फा मान्यता प्राप्त फुटबल खेलहरुमा भाग लिन पाउने छैनन्। खेलाडीहरुको निलम्बन नोभेम्बर १३ देखि सुरु भएको एन्फाले बताएको छ।