ए डिभिजन लिग : उद्घाटन खेलमा मछिन्द्रको जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न उद्घाटन खेलमा मछिन्द्र क्लबले ब्रिगेट ब्वाइज क्लबलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

मछिन्द्रको जितमा योगेश गुरुङ र दिपक राईले गोल गरे। योगेशले ३० औं मिनेटमा हेद मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। ५० औं मिनेटमा दिपकले रञ्‍जित धिमालले गोल गर्दै अग्रता दोब्बर पारे।

लिग अन्तर्गत आइतबार हुने भनिएको खेल स्थगित गरिएको छ। वर्षाको कारण दशरथ रंगशालाको अवास्थ नाजुक रहेका कारण खेल सोमबार सारिएको छ। सोमबार त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब बीच १२:३० बजे दिउसो पहिलो खेल हुनेछ भने दोश्रो खेल संकटा र च्यासल क्लब बीच दिउसो २:३० बजे खेलिनेछ।

Bishal Rai

पहिलो चरण अन्तर्गत आगामी खेल तालिका –

2019-12-16 Tribhuwan Army Club vs Friends Club, 12:30 PM ,
Sankata Club vs Chyasal Youth Club, 14:30 PM

2019-12-17 Saraswati Youth Club vs New Road Team, 12:30 PM,
Nepal POlice Club vs HImalayan Sherpa Club, 14:30 PM

2019-12-18 Three Star Club vs Jawalakhel Youth Club, 12:30 PM,
Armed Police Force vs Manang Marshyangdi Club, 14:30 PM

२०७६ मंसिर २८, शनिबार मा प्रकाशित