पोखरा प्रिमियर लिग पिपिएल टि-२० को दोश्रो संस्करणको खेल सुरु भएको छ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ गोल्डेन वारियर्सले शरद भेसावकर कप्तानीको पोखरा पल्टनलाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ। २० ओभरमा ८ विकेट गुमाएर काठमाडौँले ११५ रन मात्र बनाउन सकेको हो।
अत्यन्त खराब सुरुवात गरेको काठमाडौँले सुरुवाती ६ विकेट ६० रन बनाउदा गुमाउन पुग्यो। ओपनर जयकिशन कोल्सावाला ९, सुबास खकुरेल ६, ज्ञानेन्द्र मल्ल १, गौरभ तोमर १३, पवन सर्राफ ६ तथा पृथु बास्कोटा ७ रन बनाएर आउट भए।

सातौँ विकेटको लागि भारतीय खेलाडी सुबोध भाटी र बसन्त रेग्मीले ३८ रनको साझेदारी गर्दै टिमलाई नाजुक अवस्थाबाट पार लगाए।
आक्रामक ब्याटिंग गरेका भाटी ४५ रन बनाएर १७ औं ओभरमा आउट भए जसपछि पुनः काठमाडौँको विकेट पतन सुरु भएको थियो। भाटीले मात्र २९ बलमा ४ छक्का र ४ वटै चौका प्रहार गरे। उनलाई भारतीय बलर सर्बजित लड्डाले क्याच आउट गरे। बसन्त रेग्मीले ८ रन बनाए भने सुशन भारि १० रन बनाएर अविजित रहे।

पोखरा पल्टनको बलिंगमा राशिद क्खान, ललित राजबंशी र कुशल मल्लले समान दुइ विकेट लिए। यस्तै प्रथमेश डाके र सर्वजित लड्डाले १/१ विकेट लिए।
पोखरा पल्टन पिपिएलको प्रथम संस्करणको च्याम्पियन टिम समेत हो।
फोटोहरु –