वेस्ट इन्डिजको भारत भ्रमण अन्तर्गत एकदिवसीय सिरिज सुरु भएको छ। तिन खेलको सिरिज अन्तर्गत पहिलो खेल चेन्नाईको पी चिदम्बरम स्टेडियममा जारि छ।
खेलमा टस जितेर वेस्ट इन्डिजले बलिंग रोजेपछि ब्याटिंग गरेको भरतले निर्धारित ५० ओभरमा
ओपनर लोकेश राहुल ६ रन तथा कप्तान बिराट कोहली मात्र ४ रन बनाएर कटरेलबाट आउट भएपछि भारतको सुरुवात राम्रो हुन सकेको थिएन। कोहलीलाई कटरेलले बोल्ड गरे।
तेश्रो विकेटको लागि ओपनर रोहित शर्माले श्रेयस ऐयरसंग ५५ रनओ साझेदारी गरे। रोहितलाई १९ औं ओभरमा अल्जारी जोसेफले क्याच आउट गराए। त्यसपछि ऐयरले रिसभ पन्तसंग शतकीय साझेदारी गरे।
चौथो विकेटको लागि ११४ रनको साझेदारी गरेपछि ऐयर ३७ औं ओभरमा जोसेफको दोश्रो शिकार भए। उनले ८८ बलमा ५ चौका र १ छक्का मदतले ७० रन बनाए। ४० औं ओभरमा पन्तलाई पोलार्डले क्याच आउट गराउदै वेस्ट इन्डिजलाई खेलमा फर्काए। पन्तले ६९ बलमा ७ चौका र १ छक्का मदतले ७१ रन बनाए। पन्तको एकदिवसीयमा यो पहिलो अर्धशतक हो भने ऐयरको लगातार तेश्रो अर्धशतक हो।
त्यसपछि केदार जाधब र रभिन्द्र जडेजाले छैठौं विकेटको लागि ५९ रनको साझेदारी गर्दै भारतको योगफल २५० पार गराए। जाधब र जडेजा दुवै ४८ औं ओभरमा आउट भए। जडेजा रन आउट भए भने जाधबलाई किमो पौलले क्याच आउट गराए। जाधबले ४० तथा जडेजाले २१ रन बनाए।
वेस्ट इन्डिजको बलिंगमा शेल्डन कटरेल ( १०-३-४६-२ ) , किमो पौल ( ७-०-४१-२ ) र अल्जारी जोसेफ ( ९१-१४५-२ ) ले समान २/२ विकेट तथा कप्तान काइरन पोलार्डले १ विकेट लिए।
वेस्ट इन्डिजको भारत टुर अन्तर्गत यस अघि खेलिएको तिन वटा टि-२० को सिरिज भारतले २-१ ले जितेको थियो।